काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्स, काठमाडौंका सञ्चालक बिनोदकुमार भुजेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा भुजेलसमेतले विभिन्न बहाना बनाई सेवाग्राहीसँग २२ हजार रूपैयाँ घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
भुजेलले बसन्त श्रेष्ठ, बुद्ध तामाङ, अजय नगर्जी परियार र प्रहरी जवान रमेशसिंह विष्ट समेतको मिलेमतोमा सेवाग्राहीको जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने भनी २२ हजार रूपैयाँ घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।