काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सप्तरी, बाँके, दैलेख र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सप्तरीको रूपनी गाउँपालिका-६ स्थित सडकमा को १ ख ७५३७ नम्बरको ट्रकले स ८ प ६५५२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका भटिनिया टोल बस्ने ३५ वर्षीय प्रदीपकुमार सरदार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको कोहलपुर नगरपालिका-११ विद्युत् चोकमा भे १ क ११०० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय जयकण मल्लको बुधबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका मल्लको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दैलेखको आठबिस नगरपालिका-१ स्यालाघाटस्थित सडकमा बिहीबार विहान कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२४७ नम्बरको मिनिबस सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी कालिकोट शुभकालिका गाउँपालिका-१ भर्ता बस्ने ३८ वर्षीय जितेन्द्रबहादुर शाहीको घटनास्थलमै र गम्भीर घाइते भएका कालिकोट नरहरिनाथ गाउँपालिका बस्ने २१ वर्षीय कमल विकको शाही मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही मेडिकलमा र १४ जनालाई थप उपचारको लागि सुर्खेततर्फ पठाइएको छ। हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ।
सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-४ स्थित सडकमा स ४ प ५७१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उराउ रहेका छन्। उनको बुधबार साँझ मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सप्तरी, बाँके, दैलेख र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।सप्तरीको रूपनी गाउँपालिका-६ स्थित सडकमा को १ ख ७५३७ नम्बरको ट्रकले स ८ प ६५५२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

">