काठमाडौं। रौतहट, उदयपुर, कास्की, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का विभिन्न स्थानबाट अवैध लागुऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम नौ सय ट्याबलेटसहित सोही नगरपालिका-३ बस्ने ३० वर्षीय राजु कुमारसमेत दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरीले ना ५८ प ९५४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगढाबाट नियन्त्रित लागुऔषधसहित सोही नगरपालिका-३ भुल्के बस्ने ३७ वर्षीय सहिद मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट प्रहरीले नाइट्राजेपाम एक सय ५१ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ८० ट्याबलेट, डाइलेक्स डीसी छ बोतल, नुर्फिन १५ एम्पुल, डाइजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल र नगद १५ हजार चार सय रूपैयाँ बरामद गरेको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी उदयपुर बेलका नगरपालिका-७ बस्ने दानबहादुर राईलाई करिब दुई केजी आठ सय ५० ग्राम र सोही ठाउँ बस्ने ४० वर्षीय हस्तबहादुर राईलाई छ सय ९० ग्राम अवैध लागुऔषध गाँजासहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका-३० स्थित सडकबाट करिब सात सय ग्राम अवैध लागुऔषध गाँजासहित सोही महानगरपालिका-२९ सैनिक बस्ती बस्ने २५ वर्षीय अनिल आलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८९२८ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुलसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्वत कुश्मा नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रकाश नेपाली र सोही ठाउँ बस्ने २२ वर्षीय दीपेन्द्र विक रहेका छन्।
उक्त स्थानमा ना ७ ख १५२० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
नवलपरासी(पश्चिम)को सुस्ता गाउँपालिका-२ सत्तपति चोकबाट नियन्त्रित लागुऔषधसहित बर्दघाट नगरपालिका-४ बसपार्क बस्ने १९ वर्षीय अजय मुसहरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट प्रहरीले स्पास्मो एक हजार आठ सय ७२ क्याप्सुल, ओनोरेक्स ३१ सीसी र नाइट्राभेट एक सय २० क्याप्सुल बरामद गरेको छ।
प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।