काठमाडौं। नेपथ्य ब्याण्ड २८ मंसीरमा सिड्नीमा तेश्रोपटक प्रस्तुत हुँदैगर्दा पनि दुई हजार नौ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ टनाटन नै थियो। तर, नेपाली मनोरञ्जनका क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका खोलेकै कारण यसपटकका लागि ‘हाउसफुल दर्शक’ भने उल्लेखनीय बन्न पुगे।
दर्शकहरू कार्यक्रम हुने बेलामा ढोका छेउ विक्री गरिने टिकटघर भएर गुज्रिएका थिएनन्। सबै दर्शक कम्प्युटरबाटै खरिद–विक्री गरिएको टिकट लिएर उपस्थित थिए।
“नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पुरा गरिदिएको छ”, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चुनौतिका रूपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं।”
कन्सर्टमा नेपथ्यले सिड्नीका दर्शकहरूलाई सधैंजस्तै लोकरकका भाकाहररूले तरंगीत पार्यो। ब्याण्डको उपस्थितिलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरूको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबले पनि अझ स्तरीय प्रस्तुतीको प्रयास गरिएको नेपालयले जनाएको छ।
नेपथ्यले अष्ट्रेलियाकै व्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ प्रस्तुत भएको दाबी गरेको छ।
अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो। त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए।
" /> काठमाडौं। नेपथ्य ब्याण्ड २८ मंसीरमा सिड्नीमा तेश्रोपटक प्रस्तुत हुँदैगर्दा पनि दुई हजार नौ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ टनाटन नै थियो। तर, नेपाली मनोरञ्जनका क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका खोलेकै कारण यसपटकका लागि ‘हाउसफुल दर्शक’ भने उल्लेखनीय बन्न पुगे।दर्शकहरू कार्यक्रम हुने बेलामा ढोका छेउ विक्री गरिने टिकटघर भएर गुज्रिएका थिएनन्। सबै दर्शक कम्प्युटरबाटै खरिद–विक्री गरिएको टिकट लिएर उपस्थित थिए।

">