काठमाडौं। खानेपानी मन्त्री बिना मगरले उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छन्।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभालाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्।
उनले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरूका समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत बताइन्।
कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करीब ९० वटा सहरी आयोजनाहरू नमुना आयोजनाको रूपमा स्थापित भएको बताउँदै उपभोक्ताहरूको विश्वास बढेको बताए।
उनले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिचाईं सरहलाई दिने सहुलियत नदिंदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो पोखे।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आयकर तथा भ्याट लगतयका समस्या समाधानका लागि मन्त्रालयले अर्थमन्त्रालयसँग निरन्तर छलफल गरिरहेको जानकारी गराए। उनले उपभोक्ता समितिहरूलाई सेवामुलक संस्थाको रूपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको बताए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर, नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे।
उनले ग्रामिण क्षेत्रका खानेपानी आयोजनाको लिफ्टिङका लागि सरकारले विद्युत महसुलमा छुट दिनुपर्नेमा जोड दिए।
" /> काठमाडौं। खानेपानी मन्त्री बिना मगरले उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छन्।राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभालाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्।

">