मनाङ मर्स्याङ्दी जापानी टोलीसँग ३-० ले पराजित
काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब आज मैत्रीपूर्ण खेलमा जापानको जेएफएल यू-२३ टीमसँग ३-० ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जापानी टोलीलाई जिताउन जिन सिओयाले दुई र मासाहिको सुगिताले एक गोल गरे।

सिओयाले २८औं मिनेटमा जापानी टोलीलाई अग्रता दिएका थिए। त्यसको ६ मिनेट बित्न नपाउँदै सिओयाले अग्रता दोब्बर बनाए।

खेल सकिन ३ मिनेट बाँकी रहँदा सुगिताले गोल थप्दै जापानी टोलीलाई सहज जित दिलाए।

लिग विजेता मनाङ कमल श्रेष्ठको कप्तानीमा खेलेको थियो। मनाङले अष्ट्रेलियाबाट भर्खरै फर्किएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने खेलाएन।

एन्फाको कारबाहीमा परेका कारण अन्जन बिष्ट पनि टोलीमा थिएनन्।

जापानी टोलीले २८ मंसीरमा भोला सिलवालको कप्तानीमा रहेको नेपाल नीलोलाई ४-० ले पराजित गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्