ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान
<p>काठमाडौं। बंगलादेश जुनियर इन्टरनेशनल सिरिज-२०१९ मा सहभागिता जनाउन पाँच सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज ढाका प्रस्थान गरेको छ।</p>
<p>१७-२२ डिसेम्बरमा आयोजना हुने इन्टरनेशनल सिरिजमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीको नेतृत्व प्रशिक्षक किरण थापाले गरेका छन्। खेलाडीहरूमा दुबई इन्टरनेशनल सिरिजका विजेता प्रिन्स दाहाल, राष्ट्रिय च्याम्पियन रशिला महर्जन, जेशिका गुरुङ्ग र देवराज राना छन्।</p>
<p>नेपाली खेलाडीहरूले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघ अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए।</p>
<p>टोलीलाई नेपाल ब्याडमिन्टन संघ अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठलगायतले बिदाइ गरे।</p>
प्रतिक्रिया दिनुहोस्