काठमाडौं। संसारका कतिपय ठूला कम्पनीका प्रमुख कार्यकारी (सीईओ) हरु आर्थिक पुनरुद्धारका विषयमा आशावादी देखिएका छन्।
एक सर्वेक्षणले संसारका विभिन्न देशका करिब ७६ प्रतिशत सीईओले कोरोना महामारीपछि २०२१ मा विश्वमा आर्थिक पुनरुद्धार हुने विश्वास गरेको देखाएको हो।
परामर्श कम्पनी पीडब्ल्यूसीले २४औं वार्षिक विश्व प्रमुख कार्यकारी सर्वेमा भारतसमतेत सय देशका पाँचहजारभन्दा बढी सीईओलाई सहभागी गराएको थियो।
सर्वेमा सहभागी ३६ प्रतिशत सीईओले आगामी १२ महिनामा आयवृद्धिका लागि आफ्नो कम्पनीमाथि पूर्ण भरोसा गरेका थिए। अघिल्लो वर्ष अर्थात् २०२० मा यस्तो भरोसा २७ प्रतिशत रहेको थियो।
पीडब्ल्यूसीले भनेको छ-‘कोरोना महामारी घोषणा भएको वर्ष दिनपछि आर्थिक वृद्धि राम्रो हुने विश्वका ७६ प्रतिशत सीईओहरुले अनुमान गरेका छन्।’ यो सर्वे जनवरी र फेबु्रअरीको बीचको समयमा गरिएको हो।
सर्वेमा थप भनिएको छ-‘आर्थिक वृद्धि राम्रो हुने अनुमान गर्ने सीईओको प्रतिशत २०२० मा २२ र २०१९ मा ४२ थियो। त्यसको तुलनामा अहिले राम्रो हुने अनुमान बढेको छ। २०१२ देखि गर्न थालिएको यस्तो सर्वेको विश्वासको स्तर निकै बढी छ।’
विश्व आर्थिक वृद्धिका बारेमा खासगरी सीईओहरुले उत्तरी अमेरिका र पश्चिमी युरोपको अवस्था मजबुत रहेको अनुमान गरेका छन्। ती सीईओहरु आफू संलग्न कम्पनीको अवस्थाबारे पनि निकै आशावादी देखिन्छन्।
पीडब्ल्यूसीका भारतीय अध्यक्ष सञ्जीव कृष्ण भन्छन्, ‘‘संसारभरका कम्पनीका सीईओहरुका लागि महामारीको समयमा जन्मिएको आशंका नै सबैभन्दा ठूलो चुनौती बन्न पुग्यो।’’ सर्वेमा सहभागी अधिकांश भारतीय सीईओहरु आगामी १२ महिनामा आर्थिक वृद्धि सुध्रने विश्वास गर्छन्।
कतिपय सीईओ भने जलवायु परिवर्तनका कारण आर्थिक वृद्धिमा असर पर्ने अनुमान गर्छन्। जलवायु परिवर्तनको चिन्ता गर्ने सीईओ ३० प्रतिशत रहेका छन्। २०२० मा यस्तो प्रतिशत २४ थियो।
(एजेन्सी)