काठमाडौं। यो वर्ष भारतीय उद्योगपति गौतम अडानीको सम्पत्ति यति धेरै बढ्यो कि त्यति अरू कसैको पनि बढेन। सम्पत्ति वृद्धिमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिन्न सफल भए र संसारको नम्बर एक बने।
उनलाई सफलता दिलाउने उद्योगमा पोर्टदेखि लिएर पावर प्लान्ट्ससम्म नै लगानीकर्ताको विश्वास देखिएको छ। यही कारण पनि उनको झोलीमा अर्बौं रकम थपिएको छ।
ब्लुमबर्ग बिजनेस इन्डेक्सका अनुसार, २०२१ को केही महिनामै अडानीको सम्पत्ति १६.२ अर्ब डलरबाट बढेर ५० अर्ब डलर पुगेको छ। यो वर्ष अडानी गु्रपको स्टकलाई छाडेरै पनि सबैमा ५० प्रतिशतसम्मको बढोत्तरी देखिन्छ।
यो समूहको अडानी टोटल ग्यास लि.को स्टक ९६ प्रतिशत, अडानी इन्टरप्राइजेजमा ९० प्रतिशत, अडानी ट्रान्समिसन लि.मा ७९ प्रतिशत, अडानी पावर लि. तथा अडानी पोर्ट्स एन्ड स्पेसल इकोनोमिक जोन लि.मा ५२ प्रतिशतको बढोत्तरी भयो। अडानी ग्रिन इनर्जी लि.मा गत वर्ष ५०० प्रतिशत उछाल आएको थियो भने यो वर्ष १२ प्रतिशत बढेको छ।
उता, अडानीजस्तै अर्का भारतीय अर्बपति (सबैभन्दा धनी) मुकेश अम्बानीको नेट वर्थ पनि यस अवधिमा ८.१ अर्ब डलर बढ्यो। अडानीले भारतमा बन्दरगाह (पोर्ट), विमानस्थल, डाटासेन्टर तथा कोइलाखानीसमेतमा लगानी गरेर आफ्नो व्यापार समूह विस्तार गरेका छन्।
(एजेन्सी)
" /> काठमाडौं। यो वर्ष भारतीय उद्योगपति गौतम अडानीको सम्पत्ति यति धेरै बढ्यो कि त्यति अरू कसैको पनि बढेन। सम्पत्ति वृद्धिमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिन्न सफल भए र संसारको नम्बर एक बने।उनलाई सफलता दिलाउने उद्योगमा पोर्टदेखि लिएर पावर प्लान्ट्ससम्म नै लगानीकर्ताको विश्वास देखिएको छ। यही कारण पनि उनको झोलीमा अर्बौं रकम थपिएको छ।

">