सिन्धुपाल्चोकमा बस दुर्घटनाः मृत्यु हुने १५ मध्ये १३ जनाको सनाखत (अपडेट)
काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा आज बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दोलखाको कालिन्चोक भगवती मन्दिरको दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस लामोसाँघु–जिरी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा४ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ महिला, तीन पुरुष, एक बालिका र दुई बालकसहित १५ जनाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार १२ जनाको घटनास्थलमै र तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो।

१९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिन्धु सदाबहार अस्पताल खाडीचौरमा एकजना, धुलिखेलमा तीनजना, काठमाडौं ह्याम्स अस्पतालमा १४ जना र केएमसीमा दुईजनाको उपचार भइरहेको छ।

मृत्यु हुनेहरूमध्ये १३ जनाको सनाखत भइसकेको छ भने बाँकी दुईजनाको नाम खुलेको छैन।

मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ बस्ने सुकबहादुर तामाङ (२८), सविना तामाङ (७), रोशनी तामाङ (१५ महीना), मन्जु तामाङ (२८), रामेछाप उमाकुण्ड गाउँपालिका–४ का महेश तामाङ (२४), दोलखा शैलुगं गाउँपालिका–६ का रजित बस्नेत (१०) रहेका छन्।

त्यस्तै सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ की गंगामाया लामा (५५), जुगल गाउँपालिका–७ की रेश्मा तामाङ (३०), बलेफी गाउँपालिका–७ की फूलमाया तामाङ (३५), दोलखा भीमेश्वर नगरपालिका–९ की लक्ष्मी श्रेष्ठ (३५), काभ्रे बेथान गाउँपालिका–५ का रामशरण खत्री (३६), सोही ठाउँकी मैया केसी (३५) र दोलखा शैलुंग गाउँपालिका–६ की चिनु बस्नेत (३२) रहेको प्रहरीले जनाएको छ। अन्य दुई महिलाको भने सनाखत हुन सकेको छैन।

शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे राखिएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्