काठमाडौं। १४ डिसेम्बरमा जमैकाकी टोनी–एन सिंघ ६९औं विश्व सुन्दरी घोषित भएकी छन्। १५० भन्दा बढी देशका दुई अर्बभन्दा धेरै व्यक्तिले लाइभ हेरेको मिस वर्ल्डको ‘ग्रान्ड फिनाले’ नेपालीका लागि पनि महत्वपूर्ण रह्यो। कारण ‘मिस वर्ल्ड नेपाल’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को शीर्ष १२ सूचीमा पुगिन्। शीर्ष १२ मा मात्र पुगिनन्, उनले प्रतियोगितामा महत्वपूर्ण तीन टाइटलसमेत जितिन्।
‘ग्रान्ड फिनाले’ चलिरहँदा लन्डनमा आयोजित मिस वर्ल्डको मञ्चमा शानका साथ प्रस्तुत भएकी अनुष्का मिस वर्ल्ड विजेता जमैकन सुन्दरीले ताज पहिरिंदा छेउमै थिइन्। अर्थात् नेपालकी अनुष्का मिस वर्ल्डको प्रत्यक्ष प्रशारण हेरिरहेका संसारभरका दुई अर्ब मानिसको आँखामा परेकी थिइन्। आयोजकले सार्वजनिक गरेका तस्वीरमा अनुष्का मिस वर्ल्ड विजेता टोनी–एनको दायाँतिर देखिएकी छन्।
उपलब्धि धेरै, चर्चा कम
विश्व सुन्दरी प्रतियोगितामा अनुष्काले महत्वपूर्ण तीन टाइटल जितिन्। गत वर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी श्रृखंला खतिवडाले दुई टाइटल जितेकी थिइन्- ‘ब्यूटी विथ अ पर्पस अवार्ड’ र ‘मल्टिमिडिया अवार्ड।’ त्यो सफलताले श्रृंखलाको चर्चा चुलिएको थियो।
खासमा श्रृंखलाको चर्चा त्यसभन्दा पहिले नै चुलिएको थियो। प्रतियोगिता अवधि शुरू भएदेखि नै उनलाई नेपालीको राम्रो साथ मिलेको थियो। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम जताततै श्रृंखला छाएकी थिइन्।
श्रृंखलाको तुलनामा अनुष्काको चर्चा खासै भएन। अनुष्का सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि त्यति छाएको देखिएन। तर, उनले हासिल गरेको उपलब्धि भने महत्वपूर्ण रह्यो। अनुष्काले ‘ब्यूटी विथ अ पर्पस’ र ‘मल्टिमिडिया अवार्ड’ जितिन्। अझै महत्वपूर्ण, उनी ‘हेड टू हेड च्यालेञ्ज’बाट उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन्।
अनुष्काको आत्मविश्वास
विश्व सुन्दरी प्रतियोगिताको सेमिफाइनलसम्म पुगेकी अनुष्काले आम रूपमा श्रृंखला खतिवडाले जस्तो साथ र समर्थन पाउन सकिनन्। तर, उपलब्धि भने त्योभन्दा पनि उच्चस्तरको हासिल गरिन्। जानकारहरू यसमा अनुष्काको आत्मविश्वासलाई प्रमुख कारण मान्छन्।
हुन पनि मिस वर्ल्डमा भाग लिन जानुअघि अनुष्काले प्रतियोगिताका निर्णायकहरूलाई ‘नेपाल किन मिस वर्ल्ड बन्न सक्दैन?’ भन्ने प्रश्नको जवाफ दिने बताएकी थिइन्। प्रतियोगितामा उनले निर्णायक तथा आयोजकको मन राम्रैसँग जितिन्। र, त्यहीकारण आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा विश्वसामु उभ्याइन्।
नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने क्रममा उनले मिस वर्ल्डमा सहभागी विश्वभरका सुन्दरीहरूलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्। उनको निम्तोलाई स्वीकार गरेर धेरै देशका सुन्दरीले नेपाल भ्रमण गर्ने प्रतिवद्धता समेत जनाए।
विश्व सुन्दरीको ताज पहिरिने सपना धेरैको हुन्छ। तर, त्यो उपलब्धि हासिल गर्नु आफैमा त्यति सहज पनि हुँदैन। गत वर्षकी मिस वर्ल्ड नेपाल श्रृंखला खतिवडाले नै भनेकी थिइन्, “अनुष्का पनि मिस वर्ल्डको प्रमुख दाबेदार हुन सक्छिन्।”
" /> काठमाडौं। १४ डिसेम्बरमा जमैकाकी टोनी–एन सिंघ ६९औं विश्व सुन्दरी घोषित भएकी छन्। १५० भन्दा बढी देशका दुई अर्बभन्दा धेरै व्यक्तिले लाइभ हेरेको मिस वर्ल्डको ‘ग्रान्ड फिनाले’ नेपालीका लागि पनि महत्वपूर्ण रह्यो। कारण ‘मिस वर्ल्ड नेपाल’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को शीर्ष १२ सूचीमा पुगिन्। शीर्ष १२ मा मात्र पुगिनन्, उनले प्रतियोगितामा महत्वपूर्ण तीन टाइटलसमेत जितिन्।‘ग्रान्ड फिनाले’ चलिरहँदा लन्डनमा आयोजित मिस वर्ल्डको मञ्चमा शानका साथ प्रस्तुत भएकी अनुष्का मिस वर्ल्ड विजेता जमैकन सुन्दरीले ताज पहिरिंदा छेउमै थिइन्। अर्थात् नेपालकी अनुष्का मिस वर्ल्डको प्रत्यक्ष प्रशारण हेरिरहेका संसारभरका दुई अर्ब मानिसको आँखामा परेकी थिइन्। आयोजकले सार्वजनिक गरेका तस्वीरमा अनुष्का मिस वर्ल्ड विजेता टोनी–एनको दायाँतिर देखिएकी छन्।

">