काठमाडौं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ले जितेको छ। फिल्मले दुई लाख रूपैयाँ हात पार्‍यो। त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रूपैयाँ प्राप्त गरेको थियो।

मार्गा गुटेरिजको ‘रोप्स्’ले तेस्रो हुँदै एक लाख रूपैयाँ जितेको छ। नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैरकथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रूपैयाँ प्राप्त गरे। सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ।

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ। उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।

धोंडुप छिरिङको ‘आमा खान्डो’ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जित्यो। मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो। फिल्मले ७५ हजार रूपैयाँ जितेको छ, जसको प्रायोजन अस्कर इन्टरनेसनल कलेजले गरेको छ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्सको ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमशः ४० हजार, ३० हजार र २० हजार रूपैयाँ जिते। महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए।

किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए। फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए।

‘पछाडि पारिएकाहरूको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरू प्रदर्शनमा राखिएका थिए।

यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरिएको थियो। महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रमपनि गरेको थियो। यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिएका थिए।

एशियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए।

हिमाल एशोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००-२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए। सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ।

एशोसिएसनका अध्यक्ष बसन्त थापाले भने, “नेपाली फिल्महरूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन वर्षेनी महोत्सवको आयोजना गरिरहेका छौं। नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्ममेकरहरूलाई प्रोत्साहित गरिरहेको छ। फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका छौं।’

२५ मंसीरदेखि आजसम्म काठमाडौंको सभागृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा  र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन भएका थिए।

" /> काठमाडौं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ले जितेको छ। फिल्मले दुई लाख रूपैयाँ हात पार्‍यो। त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रूपैयाँ प्राप्त गरेको थियो।

मार्गा गुटेरिजको ‘रोप्स्’ले तेस्रो हुँदै एक लाख रूपैयाँ जितेको छ। नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैरकथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रूपैयाँ प्राप्त गरे। सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ।

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ। उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।

धोंडुप छिरिङको ‘आमा खान्डो’ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जित्यो। मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो। फिल्मले ७५ हजार रूपैयाँ जितेको छ, जसको प्रायोजन अस्कर इन्टरनेसनल कलेजले गरेको छ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्सको ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमशः ४० हजार, ३० हजार र २० हजार रूपैयाँ जिते। महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए।

किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए। फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए।

‘पछाडि पारिएकाहरूको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरू प्रदर्शनमा राखिएका थिए।

यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरिएको थियो। महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रमपनि गरेको थियो। यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिएका थिए।

एशियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए।

हिमाल एशोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००-२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए। सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ।

एशोसिएसनका अध्यक्ष बसन्त थापाले भने, “नेपाली फिल्महरूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन वर्षेनी महोत्सवको आयोजना गरिरहेका छौं। नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्ममेकरहरूलाई प्रोत्साहित गरिरहेको छ। फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका छौं।’

२५ मंसीरदेखि आजसम्म काठमाडौंको सभागृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा  र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन भएका थिए।

"> किम्फमा ‘पियानो टु झंस्कर’ प्रथम: Dekhapadhi
किम्फमा ‘पियानो टु झंस्कर’ प्रथम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्