काठमाडौं। टुल किट मामिलामा पक्राउ परेकी पर्यावरण कार्यकर्ता दिशा रविले जमानत पाएपछि पहिलो पटक शनिबार सार्वजनिक रुपमा बोलेकी छन्।
उनले आफ्नो ट्विटरमा चार पृष्ठ लेख्दै मिडियाको आलोचना गरेकी छन् भने साथ दिने सबैप्रति कृतज्ञता पनि जाहेर गरेकी छन्।
उनले लेखेकी छन्– ‘सबथोक जे सत्य हो, त्यो सत्यबाट निकै टाढा लागेको छ। दिल्लीको धुवाँ, पटियाला अदालत र तिहाड जेल।’ यदि उनलाई कसैले ‘आगामी पाँच वर्ष तिमी स्वयम् कहाँ रहने छौ’ भनेर सोध्यो भने उनको जवाफ ‘जेल’ नहुने पनि उनले उल्लेख गरेकी छन्।
ट्विटरमा उनी थप्छिन्– ‘म स्वयम् आफूलाई सोधिरहेँ कि त्यो समय त्यहाँ हुनु कस्तो लागिरहेको छ, तर मसँग कुनै जवाफ थिएन। मलाई लागिरहेको थियो– केवल एक तरिका छ, जसमा म यसको सामना गर्न सक्छु, स्वयम्लाई सम्झाइरहेको थिएँ कि, यो ममाथि भइरहेको छैन– फेबु्रअरी १३ का दिन प्रहरी मेरो घरमा आएको थियो। उसले मेरो फोन लिएन, मलाई गिरफ्तार पनि गरेन। उसले मलाई पटियाला अदालत लगेन, मिडियावालाहरु मेरो कोठामा आफ्ना निम्ति स्थान खोजिरहेका थिएनन्।’
उनलाई थाहा थिएन कि, अदालतमा के बयान दिने? यो सोच्दासोच्दै उनलाई पाँच दिनप्रहरी हिरासतमा पठाइयो। उनले लेखेकी छन्– ‘यो कुनै आश्चर्यको कुरा होइन कि, मेरो अधिकार हनन् भयो। मेरो तस्बिर मिडियामा फैलियो र मलाई अपराधी करार गरिदिए– अदालतले होइन, टीआरपीको लोभ गर्नेहरुको टीभी स्क्रिनमा। म त्यहाँ बसिरहेँ, यो कुरा थाहै नपाई कि, उनीहरुको विचारको हिसाबमा मेराबारे काल्पनिक कुरा तिनमा गढ्दै गयो।’
मानवीयताको तुलना उनी पर्यावरणसँग गर्छिन्। उनी थप्छिन्– ‘कहिल्यै नसकिने लालच र उपभोगविरुद्ध यदि हामीले समयमा कदम चालेनौं भने, हामी विनाश नजिक जाने छौं।’ उनले आफ्नो विचारमा सहमत हुने र साथ दिनेलाई धन्यवाद भन्न पनि बिर्सेकी छैनन्।
‘म भाग्यमानी थिएँ, मलाई प्रो–बोनो (जनहित) कानुनी सहायता मिल्यो, जसलाई यो पनि मिल्दैन त्यसलाई कस्तो होला? ती मानिसको हालत के होला जसको कथाको कुनै मार्केटिङ हुन सक्दैन! ती पछाडि परेका मानिसको के होला जसका बारेमा स्क्रिनमा केही आउन लायक हुँदैन?’
दिशा रविको विश्वास छ– विचार कहिल्यै मर्दैन। सत्य कुरा जति समय लुकाए पनि सधैं बाहिर आइछाड्ने उनी बताउँछिन्।
को हुन् दिशा रवि?
भारतको बेंगलुरुकी २२ वर्षीय दिशा रवि पर्यावरण कार्यकर्ता हुन्। उनी ‘फ्राइडे फर फ्युचर’ नामकी अभियानकी संस्थापक हुन्। उनले यो अभियान त्यसबखत सुरु गरिन्, जतिखेर २०१८ मा ग्रेटा थनबर्गले आफ्नो पर्यावरण बचाउ अभियानबाट संसारमा हलचच मच्चाएकी थिइन्।
दिशा रवि विरोध प्रदर्शन वा आन्दोलनभन्दा पनि तालपोखरी सफा गर्न र रुखबिरुवा काट्ने क्रम रोक्न सक्रिय रहन्छिन्। उनलाई दिल्ली प्रहरीको स्पेसल सेलले फेबु्रअरी १३ का दिन बेंगलुरुबाट गिरफ्तार गरेको थियो। उनलाई फेबु्रअरी २३ मा दिल्लीको अदालतले जमानतमा रिहा गरेको थियो।
प्रहरीले उनलाई दिल्लीस्थित एक अदालतमा पेश गर्दा भनेको थियो– ‘दिशा रवि टुल किट गुगल डक्युमेन्टको सम्पादक हुन् र यो डक्युमेन्ट बनाउन र प्रसारण गर्न उनको मुख्य भूमिका रहँदै आएको छ।’
रविमाथि भारतीय दण्ड संहिताअन्तर्गत राजद्रोह, समाजमा समुदायबीच घृणा फैलाउने तथा आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ।
उनीमाथि लागेको आरोपमा सुनुवाइ गर्दै एडिसनल सेसन जज धर्मेन्द्र राणाले भनेका थिए, ‘‘मलाई लाग्दैन, एक ह्वाट्सएप गु्रप बनाउनु या कुनै पनि खालको हानि नगर्ने टुलकिटको सम्पादक हुनु कुनै अपराध हो।’’
जज राणाले कथित टुलकिट या पीजेएफ (पोयटिक जस्टिस फाउन्डेसन) ले उक्त लिंकलाई आपत्तिजनक नमानेको बताए। त्यसैले केवल ह्वाट्सएप गु्रपमा त्यो च्याट हटाउनु, जसको टुलकिट तथा पीजेएफ सम्बन्ध छ, त्यसको कुनै अर्थ नरहेको पनि उनको भनाइ थियो।
रवि कुनै पनि खालको विवादबाट टाढै बस्न चाहने व्यक्ति भएको समेत जज राणाले बताएका थिए। साथै, अदालतले रविको पीजेएफको खालिस्तानी समर्थक कार्यकर्तासँग कुनै सम्बध रहेको सबुत नमिलेको पनि स्पष्ट पारेको थियो।
अदालतले यो पनि बतायो कि, जनवरी २६ का दिन भएको हिंसाको सम्बन्ध रवि र पीजेएफसँग छैन। जज राणाले रविलाई एक लाख पर्सनल बन्ड राखेर जमानतमा रिहा गरेका थिए।
रिहाका बखत राणाले भनेका थिए, ‘‘रेकर्ड नभएको र अधुरा सबुतमाथि दृष्टिगत गर्दा मलाई २२ वर्षीया युवती, जसको कुनै आपराधिक इतिहास छैन, उनले जमानतको नियम तोड्लिन् भन्ने पनि कुनै कारण छैन।’’ अदालतले रविलाई जाँचपड्तालमा सहयोग गर्न निर्देशन दिएको थियो। (बीबीसी)