काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा सडक निर्माण गर्दा यात्रुको सुरक्षालाई सबैभन्दा बढी ध्यान दिनु पर्ने बताएका छन्।
आज राजधानीमा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै उनले सडक निर्माणमा लापरबाही गरेकै कारण वर्सेनि सडक दुर्घटनामा परी सयौको ज्यान जाने गरेको जनाए।
“पहाडमा बाटोहरु त खुल्दै गएका छन्, तर अचम्म लाग्छ त्यस बाटोबाट गाडी बहादुर गोर्खालीले बाहेक अरु कसैलै हिँडाउनै सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “बहादुर गोर्खालीले मात्र हिँडाउने बाटो होइन, दुनियाँका कसैले पनि हिँडाउन सक्ने बाटो चाहियो। अबको बाटो त्यस्ता हुनुपर्यो।”
अब बन्ने सडकहरु असुरक्षित हुन नहुने उनले बताए। राम्रा, पक्की, फराकिलो र सुरक्षित सडक आजको आवश्यकता भएको उनले औंल्याए। प्रदेश, संघ र स्थानीय तह जस्ले निर्माण गरे पनि यस्ता कुरा याद राख्नु पर्ने उनले जनाए।
“सडक निर्माणमा प्राविधिक क्रुटी भए दुर्घटना हुन्छ। दुर्घटना हुने खालका सडक बन्नु हुँदैन। बाटो आफैँको सुरक्षा पनि हुन पर्यो– भत्कने, पहिरो नजाने खालको”, प्रधानमन्त्री ओलीले भने।
बाटो निर्माण गर्दा यात्रुको सुरक्षाको प्रत्याभूति हुनैपर्ने उनले जनाए। बाटो आफैँ सुरक्षित नभए दुर्घटनाको कारण बन्ने उनले बताए।
“जनताको जीउधनको रक्षा हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुनुपर्छ। जनताको जीवनको रक्षा र सुख हाम्रो हरेक गतिविधिमा केन्द्र भागमा राखेका हुन्छौं”, उनले भने।
जनतालाई सुरक्षित राख्ने, सेवा सुविधा दिने, सुखानुभूतिको अवस्था सृजना गर्ने अवस्था बनाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए।
उनले भने, “पीडा त्यतिबेला हुन्छ जब सडक दुर्घटना भएको खबर सुन्छौं । दुःखद स्थिति देखा पर्छ। यो देखा नपरोस भन्ने तर्फ हाम्रो ध्यान जानुपर्छ। बाटोको लम्बाई मात्र जोड्ने होइन, बाटोको गुणस्तरको उचाई वृद्धि गर्नुपर्छ।”
सडक निर्माणका सम्बन्धमा महत्वपूर्ण काम गरेको दाबी उनले गरे। पछिल्ला तीन वर्षको अवधिमा दुई लेन, चार लेन, ६ लेनका सडक निर्माण गर्ने कामलाई तिव्रता दिइएको उनले जनाए। यातायातको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको दाबी पनि उनले गरे।
“विकासको गतिलाई अत्यन्त्र तिव्रताका साथ अघि बढाएका छौं। अहिले मन्त्रालयहरु काममा जुटेका छन्, कामलाई तीव्रता दिएका छन्। यो कार्यक्रम अघि बढेपछि अझ तीव्रता ल्याउने छ। नेपालको अवस्थामा मानीसलाई विश्वास गर्न गाह्रो हुने गरी निर्माण गर्छौं”, प्रधानमन्त्री ओलीले भने।