बम विस्फोटमा परी ३१ वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डीएसपी) तपन दाहालले बताए। ">
सिरहा बम विस्फोट : घाइते भण्डारीको अवस्था गम्भीर, हेलिकोप्टर मगाइयो
काठमाडौं। सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा गम्भीर घाइते भएकाको नाम खुलेको छ।

३१ वर्षीय दिनेशकुमार भण्डारी रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डीएसपी) तपन दाहालले बताए।

उनको अहिले लहानमै रहेको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेकाले हेलिकोप्टर मगाइएको डीएसपी दाहालले बताए।

“दिनेशको अवस्था गम्भीर छ, हामीले थप उपचारका लागि काठमाडौं लाने भनेर हेलिकोप्टर माग गरेका छौं”, डीएसपी दाहालले देखापढीलाई बताए।

बम बिस्फोटमा परी अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको लहानमै रहेको राउ अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि अहिले जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज भण्डारी घटनास्थलतर्फ जाँदै छन्।
बम विस्फोट कसले र किन ग¥यो भन्ने खुल्न बाँकी रहेको उनले बताए। बम विस्फोट १२ : ४० तिर भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्