काठमाडौं। काठमाडौको जडिबुटी चोक नजिकै आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भइ काठमाडौँको मुलपानीमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठ र पैदलयात्री भक्तपुरको लोकन्थलीकी ६५ वर्षीया गंगामाया तिमल्सिना रहेका छन्।
गम्भीर घाइते भएका रामबहादुरको उपचारको क्रममा ट्रमा सेन्टरमा र गंगामायाको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पेप्सीकोलाबाट जडिबुटी तर्फ आउदै गरेको बा ९२ प १४३ नम्बरको मोटरसाइकलले आज बिहान ६ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार मुलपानी बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ।