काठमाडौं। २८ मंसीरमा अचानक भएको बर्षाले हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात भयो। दोलखाको प्रसिद्ध कालिञ्चोकमा पनि सेताम्मे हिउँ पर्यो। कालिञ्चोकमा हिउँ हेर्ने र खेल्ने रहरसँगै कालिञ्चोक भगवतीको दर्शनसमेत गर्ने योजनासहित भक्तपुरको आदर्शनगरबाट ३२ जनाको एक समूह बस रिजर्भ गरेर त्यता लाग्यो।
बा४ख ४४६८ नम्बरको बस रिजर्भ गरेर गएका आदर्शनगरवासी हिउँमा रमाएर र कालिञ्चोक भगवतीको दर्शन गरेर २९ मंसीर बिहान फर्कंदै थिए। त्यही क्रममा बिहान ८ बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने ६ किलो भन्ने ठाउँमा उनीहरू चढेको बस दुर्घटना भयो।
सडकबाट करीब ५०० मिटर तल खसेको बसमा सवार १२ जनाको घटनास्थलमै मृत्यु भयो। तीन जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गयो। अस्पतालमा उपचाररत घाइते १९ मध्ये केहीको अवस्था गम्भीर छ।
घटनास्थल पुगेर प्रहरीले गरेको प्रारम्भिक अध्ययनअनुसार निर्माणाधीन सडकखण्डको मोडमा चालकले सावधानी नपनाउँदा यो बस दुर्घटनामा परेको हो।
सिन्धुपाल्चोको यो दुर्घटना ११ दिनयता भएको कहालीलाग्दो दोस्रो सडक दुर्घटना थियो। यसअघि १७ मंसीरमा बाग्लुङको बडिगाड गाउँपालिका–७, भिमगिठेको घोकर्नामा जीप दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो।
गुल्मीको इश्मा गाउँपालिकाबाट बाग्लुङका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बाग्लुङ–बुर्तिवाङ सडकखण्डको मोडबाट खोलामा खसेको थियो। दुर्घटनास्थल नपुग्दै प्रहरीले गरेको सुरक्षा जाँचका क्रममा जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको भेटिएको थियो। त्यसक्रममा प्रहरीले ८ जनालाई जीपबाट झारेको थियो। संयोग, उनीहरूको ज्यान जोगियो।
कार्की बन्धुहरूको कूलपूजाका लागि गुल्मीबाट यो जीप रिजर्भ गरेर बाग्लुङ हिडेकाहरुले कूलपूजा नै गर्न पाएनन्।
बाग्लुङ दुर्घटनाको दुई दिनअघि, १५ मंसीरमा सुनसरीमा भएको दुर्घटनामा एम्बुलेन्स चालक र एकै परिवारका ५ जनाको मृत्यु भयो। अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी आमाको शव लिएर घर फर्किरहेका मृतकका छोरा र नाति चढेको एम्बुलेन्स सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा हुस्सु लागेको सडकमा ट्रकसँग ठोक्किएको थियो।
सुनसरी दुर्घटनाभन्दा चार दिनअघि, ११ मंसीरमा अर्घाखाँचीको सल्लेरीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए। तीमध्ये १७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको थियो।घाइते २० जनामध्ये केही अझैं अस्पतालमै छन्।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु२ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना भएको थियो। घुम्ती र भिरालो सडकमा मोड्ने क्रममा नियन्त्रण गुमाएर बस सडकबाट खसेको थियो।
कहालीलाग्दो दुर्घटना, कहालीलाग्दो लापरवाही
मंसीर महीनामा भएका ठूला सडक दुर्घटनामा मृत्यु भएकाहरूको आँकडा मात्र हो, यो। देशैभर भएका स–साना दुर्घटनामा मृत्यु हुनेको संख्यासमेत जोड्ने हो भने यो आँकडा अझ धेरै हुन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि २८ मंसीरसम्मको पुगनपुग पाँच महीनामा भएका सडक दुर्घटनामा एकहजार ३० जनाले ज्यान गुमाएका छन्।
२९ मंसीरमा सिन्धुपाल्चोकमा मृत्यु भएका १५ र २८ मंसीर रातिदेखि आज दिउँसोसम्म देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा मृत्यु भएका १३ जनाको संख्यासमेत जोड्दा साउनयता एकहजार ५८ जनाको मृत्युको कारण बनेको छ, सडक।
मृतकमात्र होइन, दुर्घटनामा घाइते र अंगभंग हुनेको संख्या समेत कहालीलाग्दो छ। प्रहरीका अनुसार साउनयताका पाँच महीनामा करीब ८ हजार व्यक्ति सडक दुर्घटनामा घाइते भएका छन्। त्यसमध्ये दुई हजार ९१ जना गम्भीर घाइते भएका छन् भने ५ हजार ८७० जना सामान्य घाइते छन्।
प्रहरी प्रधान कार्यालयको आँकडा अनुसार २०७१/७२ यताको साढे पाँच बर्षमा १२ हजार ७७९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। यो संख्या दशक लामो माओवादीको हिंसात्मक विद्रोहमा ज्यान गुमाउनेहरूको हाराहारी हो। त्यसैगरी २३ हजारभन्दा धेरै गम्भीर घाइते भएका छन्।
वर्षभरि हुने सडक दुर्घटनाको औसत आँकडा निकाल्ने हो भने प्रतिदिन कम्तीमा सात जनाले र्दुघटनामा ज्यान गुमाइरहेका छन्।
कहालीलाग्दो रूपमा बढिरहेका सडक दुर्घटना कम गर्ने पहल भने देखिँदैन। राज्य–संयन्त्रदेखि यातायात व्यवसायी एकअर्कालाई दोषारोपण गरेरै उम्कन खोज्छन्। ठूला दुर्घटना हुँदा सडक सुरक्षाका लागि चासो देखाउने राज्य–संयन्त्र पनि त्यो दुर्घटनाको घाउ सेलाउन थालेसँगै आफै सेलाउँछन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकाल सवारी दुर्घटना रोकथाम र न्यूनीकरण नहुनुमा सबैको कमजोरी रहेको स्वीर्काछन्। “दुर्घटना न्यूनीकरणमा सबै गम्भीर हुनु आवश्यक छ,” उनले देखापढीसँग भने, “यो दायित्व ट्राफिक प्रहरीको मात्र हो भन्ने सोंच पनि ठूलो समस्या बनेको छ।”
एसएसपी ढकालले प्रत्येक नागरिकले सुरक्षित यात्राका लागि ध्यान दिन आवश्यक रहेको बताए। “दुर्घटनामा सबभन्दा बढी सवारी चालकको लापरवाही देखिन्छ,” उनले भने, “सडकको अवस्था, सवारी साधनको अवस्था लगायतका समस्यालाई ध्यानमा राखेर नियन्त्रित गतिमा सवारी चलाउने हो भने पनि दुर्घटनाको धेरै जोखिम कम गर्न सकिन्छ।”
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट ७५३ स्थानमा स्थानीय सरकार गठन भएपछि अहिले देशैभर नयाँ सडक निर्माणको लहर चलिरहेको छ। स्थानीय सरकारहरूले वर्षिक बजेटको ठूलो हिस्सा सडकमै खन्याएका छन्। त्यहीकारण तराईदेखि उच्च पहाडी जिल्लासम्म डोजर आतंक छ। वातावरणीय प्रभाव मूल्यांकन र अध्ययन लगायतका प्राविधिक मापदण्ड पालना नगरेरै जथाभावी सडक खन्ने र गाडी गुड्नलायक नभइसकेको सडकमै गाडी गुडाउने अराजकता अचाक्ली बढेको छ। यो अराजकताले दुर्घटना बढाउने काम गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, “सडक दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर हुँदैन, यो सबैको सरोकार र जिम्मेवारीको विषय हो।” उनले विभागले आफ्नो तर्फबाट गर्ने काम गरिरहेको र थप कामबारे दीर्घकालीन योजना बनाइरहेको बताए।
हमाल पनि अधिकांश दुर्घटनामा चालककै लापरवाही हुनेगरेको बताउँछन्। भन्छन्, “कतै सडकको अवस्था कमजोर पनि होला तर, सडक राम्रो भएको र सहज ठाउँमा समेत डरलाग्दा दुर्घटना भइरहेका छन्।”
विभागका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने, गति नियन्त्रण नगर्ने, जथाभावी ओभरटेक गर्नेलगायतका चालकका आनीबानी दुर्घटनाका कारण बनिरहेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने चालकमाथि दोष थोपरेर दुर्घटना कम गर्न नसकिने बताउँछन्। “दुर्घटना भइसकेपछि सबैको चासो देखापर्छ। तर, त्यो विषय विस्तारै त्यत्तिकै सेलाउँछ,” उनले भने, “राज्यले आयोग बनाएर गहन रूपले अध्ययन गरोस् र समाधानका उपाय सुझाओस्, त्यसपछि मात्र यसमा ठोस काम हुन सक्छ।”
सरकारले सडक सुरक्षामा ध्यान नदिँदा दुर्घटना बढिरहेको उनको बुझाइ छ। वर्षौंअघि निर्माण भएका सडकको अवस्था सुधार नहुनु पनि दुर्घटनाको एउटा प्रमुख कारण भएको उनले बताए।
समस्या यातायात व्यवसायीमा पनि उस्तै छ। जस्तो कि, लामो दूरीमा सञ्चालन हुने सवारी साधनमा दुई जना चालक राख्नुपर्ने विषय बेला–बेला बहसमा आउँछ। तर, त्यो विषय कार्यान्वयनमा यातायात व्यवसायीले नै चासो दिँदैनन्। कानून कार्यान्वयन गर्ने निकायसमेत त्यसमा लागिपर्दैनन् ।