काठमाडौं। सिरियामा एक दशक पहिले शुरू भएको गृहयुद्धका कारण मृत्यु हुनेको संख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ।
सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाले बताएको छ।
संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्यांकमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८७ हजार थियो।
सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको संख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए।
यो वर्ष उत्तरपश्चिमी सिरियामा युद्धविराम भएको तथा कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ।