काठमाडौं । म्यानमारमा गत १ फेब्रुअरीमा सैन्य कू भएयताकै सबैभन्दा घातक दिन बनेको आइतबार ३८ जना प्रदर्शनकारी मारिएका छन् ।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर यांगुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ जना प्रदर्शनकारीहरू मारिएको जनाएको छ। देशका अन्य क्षेत्रमा थप प्रदर्शनकारी मारिएका छन् ।
यांगुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो। एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि यांगुनका अधिकांश क्षेत्रमा सैन्य कानुन लागू गरिएको जनाइएको थियो ।
चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूको विश्वास छ । औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।
बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ। क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ।
प्रदर्शनकारीले एउटा चिनियाँ होटलमा समेत हमला गरेका छन् । आफ्नो फेसबुक पेजमा चिनियाँ दूतावासले केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पु¥याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको जनाएको छ ।
दूतावासले म्यानमारलाई हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।
फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यानमारमा प्रदर्शनहरू भइरहेका छन् । म्यानमारकी नेत्री तथा नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) की प्रमुख आङ सान सूची नजरबन्धमा छिन् ।
" /> काठमाडौं । म्यानमारमा गत १ फेब्रुअरीमा सैन्य कू भएयताकै सबैभन्दा घातक दिन बनेको आइतबार ३८ जना प्रदर्शनकारी मारिएका छन् ।द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर यांगुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ जना प्रदर्शनकारीहरू मारिएको जनाएको छ। देशका अन्य क्षेत्रमा थप प्रदर्शनकारी मारिएका छन् ।

">