काठमाडौं। संसारमा अहिलेसम्म बोलिएको भाषा करिब ६ हजार रहेको पाइन्छ। तीमध्ये ४३ प्रतिशत त विलुप्त हुने अवस्थामा छन्। बाँचेका केही भाषामध्ये सयजतिको उपयोग शिक्षा र मानिसहरुबीच संवादका निम्ति सम्पर्क भाषाका रुपमा प्रयोग हुँदै आएको छ।
समय डिजिटल दुनियाँको छ। यो दुनियाँले आफ्नो भाषाप्रतिको मोह घटाउँदै लगेको यथार्थ हाम्रासामु छ। दुनियाँ जतिजति डिजिटल बन्दै जाँदो छ, उतिउति संसारमा बोलिने भाषा कम हुँदै गएको छ। हामीले बुझ्नुपर्छ, भाषा व्यक्ति तथा समुदायका लागि सञ्चार र पहिचानको साधन हो।
भाषाबारे स्वामी विवेकानन्दको भनाइ निकै महत्वपूर्ण छ। उनी भन्छन्, ‘आममानिसलाई उनीहरुको मातृभाषामा शिक्षा दिनुपर्छ, तिनलाई विचार दिनुपर्छ, जानकारी दिनुपर्छ। तर, केही थप कुरा पनि दिनु आवश्यक हुन्छ– मातृभाषामै उनीहरुलाई संस्कृति पनि दिनुपर्छ।’
प्रत्येक भाषामा संस्कृति, समाजको सोच्ने र बाँच्ने तरिका प्रतिबिम्बित हुन्छ। सांस्कृतिक विविधता तथा अन्तर–सांस्कृतिक संवादलाई प्रोत्साहित गर्दै भाषाले विकासका लागि मानिसहरुलाई एकआपसमा जोड्ने काम गर्छ।
सहयोगलाई मजबुत पार्ने, समावेशी ज्ञानयुक्त समाज तथा सांस्कृतिक विरासतलाई संरक्षण गर्दै भाषाले गुणवत्तापूर्ण शिक्षा प्राप्त गर्न मद्दत गर्छ। नेपाल भूगोलमा सानो भए पनि भाषामा निकै विशाल छ। यहाँ १२३ भाषा छन्। तिनको संरक्षण हुन सके सम्पत्ति बन्ने पक्का छ। भषाकै कारण नेपालमा सांस्कृतिक विविधता पनि जीवित हुन सकेको हो।
लामो राजनीतिक आन्दोलन पार गर्दै नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक बन्न पुगेको छ। देशको परिचयका अघिल्तिर जोडिएका विशेषणहरुले नेपाल बहुभाषी मुलुक हो र देशका विभिन्न भाषाको संरक्षण गर्न सरकार अग्रसर हुन्छ भन्ने बुझ्न सकिन्छ।
नेपालका कतिपय भाषा अब लुप्तप्रायः बनेका छन्। तिनको शोध, खोज, संरक्षण र सुरक्षा आवश्यक छ। सरकारले यसका निम्ति योजना बनाएर अघि बढ्नु जरुरी छ।
मातृभाषामा साहित्य लेख्ने र अध्ययन गर्न चाहनेलाई सरकारले प्रोत्साहित गर्न सक्नुपर्छ। विश्व विद्यालयहरुले विलुप्त हुँदै गएका भाषामा अनुसन्धान गर्न चाहनेलाई अनुदान दिनुपर्छ।
भाषा सिक्नु केवल वर्णमाला, अर्थ व्याकरणका नियम र शब्द व्यवस्था सिक्नु होइन। भाषा सिक्नु त समाज र संस्कृतिलाई आत्मसाथ गर्दै ज्ञान प्राप्तिको कौशल बढाउनु हो। (एजेन्सीहरुको सहयोगमा)