काठमाडौँ। म्यानमारमा प्रजातन्त्र पुनर्बहालीको माग गर्दै भइरहेको प्रदर्शनको समर्थन गर्दै शान्ति सामाजले आज काठमाडौंस्थित म्यानमारको दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।
‘सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन’ भन्दै म्यानमार दूतावासअगाडि शान्ति समाजले विरोध प्रदर्शन गरेको हो।
म्यानमारमा सैनिक शासकद्वारा भइरहेको हत्या र दमन विरुद्ध, राजनीतिक बन्दीको बिना शर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
ललितपुर भैँसेपाटीस्थित म्यानमार दूतावासअगाडि दिउँसो भएको प्रदर्शनमा ‘म्यानमार : सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन’, ‘हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर’, ‘राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्वउपसभापति रेनुका पौडेल, पूर्वमहासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंहको उपस्थिति रहेको थियो।
यस्तै, समाजका कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित छ दर्जनभन्दा बढी अधिकारकर्मीहरू प्रदर्शनमा सहभागि भएका थिए।
यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि आज शान्ति समाजका शाखाहरूले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र बहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन्।
" /> काठमाडौँ। म्यानमारमा प्रजातन्त्र पुनर्बहालीको माग गर्दै भइरहेको प्रदर्शनको समर्थन गर्दै शान्ति सामाजले आज काठमाडौंस्थित म्यानमारको दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।‘सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन’ भन्दै म्यानमार दूतावासअगाडि शान्ति समाजले विरोध प्रदर्शन गरेको हो।

">