मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पुर्याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ ।
बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए ।
गाउँपालिकाले पाँच लाख बजेट छुट्याएको छ। पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले जानकारी दिए ।
उपकरण जीवजन्तुलाई तर्साउन/डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरुलई सूचना प्रकाशितसमेत गरेको छ। उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले जानकारी दिए ।
गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरुले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताए ।
" /> मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पुर्याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ ।

">