काठमाडौँ। नेपालको लागि संयुक्त राष्ट्रसंघको आवासिय संयोजक सारा बियोस्लो न्यान्तीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छन्।
सैनिक मुख्यालय जंगी अड्डा गई उनले आज प्रधानसेनापति थापासँग भेटवार्ता गरेकी हुन्।
भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत अन्य द्विपक्षीय महत्त्वको विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
“यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौँ। नेपालको लागि संयुक्त राष्ट्रसंघको आवासिय संयोजक सारा बियोस्लो न्यान्तीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छन्।सैनिक मुख्यालय जंगी अड्डा गई उनले आज प्रधानसेनापति थापासँग भेटवार्ता गरेकी हुन्।

">