काठमाडौँ। मोरङ र नवलपरासी (पूर्व)बाट अवैध लागूऔषध सहित छजनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बुढिगंगा गाउँपालिका-४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित दुईजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २१ वर्षीय मो. साबिर मिया र धनुषा जनकपुर देब्राउरैठा बस्ने १९ वर्षीय पिगनेश झा रहेका छन्।
ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२७ बस्ने ३१ वर्षीय बिनोद चौधरी र सोही महानगरपालिका-१७ बस्ने ३३ वर्षीय विजय लामा रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले नुफ्रिन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र फेनारगन ९७ एम्पुल बरामद गरेको छ।
ग.१ ख ९६१६ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौँ। मोरङ र नवलपरासी (पूर्व)बाट अवैध लागूऔषध सहित छजनालाई प्रहरीले पक्राउ गरेको छ।मोरङको बुढिगंगा गाउँपालिका-४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित दुईजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

">