काठमाडौं। अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित तीन वटा मसाज पार्लरमा गोलीबारी हुँदा ८ जना मारिएका छन्। मारिनेमा ६ जना एसियाली मूलका महिला रहेका छन्। गोलीबारीको आरोपमा स्थानीय प्रहरीले एक जना २१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
उत्तरी एटलान्टाको एकवर्थस्थित एक मसाज पार्लरमा चार जना मारिएका छन्। बाँकी चार जना अन्य दुई मसाज पार्लर (स्पा) मा मारिएको अमेरिकी मिडियाहरुले जनाएका छन्।
मारिने मध्ये चार जना कोरियाली मूलका रहेको जनाइएको छ। मंगलबार भएको सो घटना पछाडि कुनै उदेश्य नगरहेको अमेरिकी प्रहरीले बताएको छ।
पछिल्ला दिन अमेरिकामा एसियाली मूलकाले कोरोना भाइरस फैलाएको भन्ने अफवाह फैलाइएको छ। गत साता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली–अमेरिकन्समाथि हुदै आएको अपराधको निन्दा गरेका थिए।
अमेरिकी मिडियाका अनुसार स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे योङ्ग एसियन मसाज पार्लरमा गोली चलाइएको थियो। अपरिचति व्यक्ति मसाज पार्लरमा प्रवेश गरी अन्धाधुन्द गोली चलाएका थिए।
सो स्थानमा दुई जनाको मृत्यु घटनास्थलमै भएको थियो। घाइते तीन जनलााई उपचारको लागि अस्पताल लगिएको थियो, जसमध्ये दुई जनाको पनि मृत्यु भएको थियो।
" /> काठमाडौं। अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित तीन वटा मसाज पार्लरमा गोलीबारी हुँदा ८ जना मारिएका छन्। मारिनेमा ६ जना एसियाली मूलका महिला रहेका छन्। गोलीबारीको आरोपमा स्थानीय प्रहरीले एक जना २१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।उत्तरी एटलान्टाको एकवर्थस्थित एक मसाज पार्लरमा चार जना मारिएका छन्। बाँकी चार जना अन्य दुई मसाज पार्लर (स्पा) मा मारिएको अमेरिकी मिडियाहरुले जनाएका छन्।

">