जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता उनले बनाएको प्रहरीले जनाएको छ। ">
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ

काठमाडौं । दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको आरोपमा काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्गबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा भन्ने ३७ वर्षीय कमल सुनार रहेका छन्। सुकेधाराबाट मंगलबार प्रहरीले उनलाई पक्राउ गरेका हो।

जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता उनले बनाएको प्रहरीले जनाएको छ।

कमल थापाको नामबाट लिएका नागरिकता उनले विभिन्न सरकारी निकायहरूमा पेस गरी दुरूपयोग गरी सेवा समेत लिएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उनले पुनः काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता लिएको अनुसन्धानको क्रममा खुलेको छ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्