काठमाडौं । प्रहरीले भक्तपुर र नुवाकोटबाट तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने राजेश केसीको घरमा तास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले ४८ हजार ४ सय ८० नेपाली रुपैयाँ, ७ सय १० भारतीय रुपैयाँ र ७२ पत्ती तास बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै, नुवाकोटको विदुर नगरपालिका–४ ताती बस्ने रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका–१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।