काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरूसँग ६ लाख रूपैयाँ बिगो दाबी गरिएको छ।
मालपोत कार्यालयका सिमरा बाराका कार्यालय प्रमुख नासु खनाल र लेखापढी व्यवसायी बडालले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।
केही दिनअघि अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा खनालले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग नयाँ बानेश्वरमा रोक्का रहेको छ जनाउँदै ६ लाख रूपैयाँ घुस मागेको खुलेको अख्तियारले जनाएको छ।
लेखनदास बडालले सेवाग्राहीसँग ६ लाख रूपैयाँ घुस लिई मालपोत कार्यालय सिमरा बाराका कार्यालय प्रमुख खनाललाई बुझाएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरूसँग ६ लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

">