जनकपुर। धनुषाका विभिन्न तीन स्थानमा भेटिएका वम नेपाली सेनाले ‘डिस्पोज’ गर्न शुरु गरेको छ ।
संकटमोचन मन्दिर पछाडि सडकछेउमा फेला परेको प्रेसरकुकर बम सेनाको टोलीले विस्फोट गराएर ‘डिस्पोज’ गरिसकेको छ।
बम भेटिएका ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । आसपासका क्षेत्रमा आवतजावतमा प्रहरीले कडाइ गरेको छ।
जनकपुरकै बाह«विघास्थित सरस्वती नमूना माध्यामिक विद्यालय नजिकै फेला परेको शंकास्पद वस्तु भने बम नभएको प्रहरीले जनाएको छ।
सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर चेकजाँच गर्दा बम नभएको पुष्टि भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।
धनुषाधाम नगरपालिका–५ मा रहेको जनता माध्यमिक विद्यालय पर्वतामा अर्को शंकास्पद वस्तु फेला परेको छ । विद्यालयको झ्यालमा शंकास्पद बस्तु भेटिएपछि विद्यार्थीहरूमा भागभाग भएको थियो ।
सेतो प्लाष्टिकमा बेरिएको वस्तु बम हुन सक्ने आशंकामा प्रहरीले विद्यालय खाली गराएको छ। अहिले नेपाली सेनाको टोली घटनास्थल पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ।