काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘हत्यारा’को संज्ञा दिएपछि विश्व राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। बाइडेनले सत्ता सम्हालेपछि अमेरिकाको चिर प्रतिद्वन्द्वी रुससँगको तनाव नयाँ उचाइमा पुगेको छ।
राष्ट्रपति बाइडेनले पुटिनलाई चेतावनीका साथै यसको मूल्य चुकाउनुपर्ने धम्कीसमेत दिएका छन्। बाइडेनको चेतावनीपछि रुसले अमेरिकाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। यी दुई देशबीच चुलिएको विवाद निकै चुनौतीपूर्ण हुनुका साथै यसले नयाँ शीतयुद्ध पैदा हुने खतरासमेत बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
रुससँगको सम्बन्ध बाइडेनकै पार्टी डेमोक्रेटिकका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि सुध्रिएको थिएन। डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आएपछि त झन् चीनसँगको सम्बन्ध पनि चिसिन पुग्यो। बाइडेनले ओबामाकै पथ समातेर रुसमाथि आक्रामक रणनीति अख्तियार गर्न सुरु गर्नाले विश्व राजनीतिक मन्च तरंगित हुन पुगेको छ।
बाइडेनले सत्ता सम्हालेपछि अमेरिकाको चिरप्रतिद्वन्द्वी रुससँगको तनाव नयाँ उचाइमा पुगेको छ। राष्ट्रपति बाइडेनले पुटिनलाई चेतावनीका साथै यसको मूल्य चुकाउनुपर्ने धम्कीसमेत दिएका छन्।
ओबामाको कार्यकालमा क्रिमिया काण्डपछि अमेरिकाले रुसलाई एक धु्रवका रूपमा हेर्थ्यो। अहिले तीन धु्रव उत्पन्न भएको मानिन्छ। अमेरिकालाई पहिलाको जस्तो अब महाशक्ति राष्ट्र मान्नेहरू कम छन्। चीन र रुस बाँकी दुई ध्रुवका रूपमा रहेको अमेरिकाको बुझाइ छ। विश्लेषकहरू शीतयुद्ध सुरु भयो भने पहिलाको जस्तो नहुने बताउँछन्।
यदि मस्को र वासिङ्टनबीच दूरी बढ्यो भने त्यसको असर मस्को र बेइजिङमा पर्नेछ। मस्को र बेइजिङबीच मित्रता बढ्ने छ। त्यो अवस्था केवल अमेरिका होइन, हिन्द-प्रशान्त क्षेत्रका साथै पूरै विश्वका निम्ति निकै चुनौतीपूर्ण हुनेछ। त्यसबखत बाइडेनको कदमलाई सारा विश्वले दोषी मान्नेछ।
अनुमान के गरिँदैछ भने, यदि रुस र चीनबीचको सम्बन्ध गहिरिँदै जाँदा तिनले पहिलो हमला अमेरिकामाथि होइन, जापान, अस्ट्रेलिया र इजरायलमाथि गर्ने छन्। अहिले कोरोना महामारी जारी छ। अमेरिका पनि यसबाट मुक्त हुन सकिरहेको छैन। यस्तो अवस्थामा अमेरिकाले रुसका बारेमा सम्बन्ध चिसिनेखालको टिप्पणी गर्नै हुँदैनथ्यो।
सबैलाई थाहा छ, कोरोना महामारीको अन्त्यपछि संसारमा आर्थिकलगायतका संकट थपिने छन्। ती संकटहरूको समाधान आपसी सद्भावबाट मात्रै सम्भव हुन्छ तर अमेरिकाले सद्भावको बाटो पक्रन सकेको देखिँदैन।
यदि मस्को र वासिङ्टनबीच दूरी बढ्यो भने त्यसको असर मस्को र बेइजिङमा पर्नेछ। मस्को र बेइजिङबीच मित्रता बढ्ने छ। त्यो अवस्था केवल अमेरिका होइन, हिन्द-प्रशान्त क्षेत्रका साथै पूरै विश्वका निम्ति निकै चुनौतीपूर्ण हुनेछ।
कतिपय विश्लेषकहरू अमेरिका र युरोप क्रमशः कमजोर हुँदै गएका बताउँछन्। यी देशहरू पतनोन्मुख बाटोमा गएको तिनको विश्लेषण छ। अमेरिका आर्थिक संकटसँग जुधिरहेको छ। उसले खर्बौं डलर ऋण लिइसकेको छ।
अहिले कोरोनाले विश्व आर्थिक संकटलाई पुनै कठिन हुने गरी गहिराइदिएको छ। यो संकटको चपेटामा पश्चिमी मुलुक सबैभन्दा बढी छन्। धनी देशको संकट तुलनात्मक रूपमा अझै बढी छ।
जबजब पश्चिमा मुलुकहरू आर्थिक संकटमा पर्छन्, तबतब उनीहरू त्यो संकट अर्को देशमाथि ट्रान्सफर गर्ने प्रयत्न गर्छन्। यही कारण नै पहिलो र दोस्रो विश्वयुद्ध भएको विश्लेषकहरूको बुझाइ छ।
अमेरिकाले विश्व आर्थिक र राजनीतिक व्यवस्था आफ्नो पकडमा राख्ने कामलाई प्राथमिकता दिँदै आएको छ। अब त्यो बहुध्रुवीय बन्दै गएको छ।
अमेरिकाको राजनीतिक इतिहास हेर्दा, जब त्यहाँ डेमोक्रेट सत्तामा आउँछ तब रुसलाई घेरिन्छ र त्यहाँ रिपब्लिकनको हातमा सत्ता जाँदा चीनलाई घेर्ने गरिन्छ। ओबामाले चीनसँग निहुँ खोजेर रुसलाई घेर्न खोजेका थिए। अहिले बाइडेन सोही पथमा लागेका छन्।
अमेरिका रुससँग रुष्ट हुनुमा तेल राजनीति पनि कारण रहेको छ। अहिले पश्चिम एसियामा तेलमा रुसको प्रभाव बढ्दै गएको छ। सिरियामा रुसी उपस्थितिका साथै इरान र इराकसँग उसको मित्रता अमेरिकालाई बिझाउन थालेको छ।
विगतमा प्रविधिमा पश्चिमा देशहरूको नियन्त्रण थियो अहिले त्यसमा चीन, रुस र भारतको बोलवाला चल्न थालेको छ। तेल वितरण पहिला पश्चिमा मुलुकमा अधिक हुन्थ्यो, अहिले चीन र भारतजस्ता नयाँ तर ठूला खरिदकर्ता बलियो हुन थालेका छन्। यही कारण पनि साउदी अरबलगायतका तेल उत्पादक देश चीन र भारतमा लगानी बढाउन अग्रसर भएका छन्।

(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘हत्यारा’को संज्ञा दिएपछि विश्व राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। बाइडेनले सत्ता सम्हालेपछि अमेरिकाको चिर प्रतिद्वन्द्वी रुससँगको तनाव नयाँ उचाइमा पुगेको छ।राष्ट्रपति बाइडेनले पुटिनलाई चेतावनीका साथै यसको मूल्य चुकाउनुपर्ने धम्कीसमेत दिएका छन्। बाइडेनको चेतावनीपछि रुसले अमेरिकाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। यी दुई देशबीच चुलिएको विवाद निकै चुनौतीपूर्ण हुनुका साथै यसले नयाँ शीतयुद्ध पैदा हुने खतरासमेत बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

">