काठमाडौँ। सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१८ घर भई हाल सोही महानगरपालिका-२५ भैँसेपाटी बस्ने ४१ वर्षीय रविन्द्र महर्जन रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।
प्रहरीका अनुसार उनले पुल्चोक श्रीमहलस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरेका थिए।
उनले लेटरप्याड किर्ते गरी ‘चपुर-९ स्थित बहुतले अस्पताल भवन, मेडिटेसन हल, कक्षा कोठा र कम्पाउन्ड वालसमेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरी भ्याटबाहेक ४३ करोड ३७ लाख ५५ हजार ६ सय ९ रूपैयाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ” भन्ने व्यहोरा उल्लेख गरी सम्बन्धित पक्षलाई पत्र लेखेको प्रहरीले जनाएको छ।
संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दिर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरू उनले कीर्ते गरी तयार पारेको प्रहरीको प्रारम्भीक अनुसन्धनाले देखाएको छ।
“ती पत्रहरू विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरूद्वारा आव्हान गरिएका बोलपत्रहरूमा भाग लिने क्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समितिको अनुभवको प्रमाणित पत्रसमेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,” प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उनको साथबाट १ थान मोबाइल, २ थान ल्यापटप, २ थान कम्प्युटरको सिपियु, ७ थान मागी गुम्बा समिति संस्थाको छाप सहितको खाली लेटरप्याड, १ थान मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र र बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको थप रकम निकासासम्बन्धी लेखिएको चिठ्ठीको छायाँप्रति, २३ थान रकमसमेत लेखिएको विभिन्न बैंकहरुको चेकलगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका महर्जनमाथि लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ।
" /> काठमाडौँ। सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१८ घर भई हाल सोही महानगरपालिका-२५ भैँसेपाटी बस्ने ४१ वर्षीय रविन्द्र महर्जन रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

">