काठमाडौँ। ‘हनी ट्र्याप’मा फसाई रकम असुल गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भई काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल रहेका छन्। उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएकी थिइन्।
गेष्ट हाउसमा गोप्य रूपमा भिडियो बनाएर म्यासेन्जरमार्फत् ब्ल्याकमेलिङ गरी उनले आईएमईमार्फत् पीडितसँग लाखौँ रूपैयाँ लिने कार्य गरेकी थिइन्।
उक्त जानकारी पाएपछि उनीहरूलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरेपछि ती पुरुष भेट्न गएका थिए।
“ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरीसमेतमा उजुरी दिई फसाइदिने भन्दै पटकपटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुल्न आएको छ,” प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार लालसरीलाई यसअघि २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेले १४ वर्ष जेल सजाय सु्नाएको थियो। ७ वर्ष जेल बसेपछि उच्च अदालत बाँकेको आदेशमा उनी २०७४ मंसिर २२ गते १ लाख रूपैयाँ धरौटी बुझाई छुटेकी थिइन्।
लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनीविरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा जोहरी दिएका थिए। जाहेरी झुठ्ठा ठहरिएकोले लालसरीलाई जिल्ला अदालत सुर्खेतले ३ वर्ष ६ महिना जेल सजाय सुनाएको थियो।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।
" /> काठमाडौँ। ‘हनी ट्र्याप’मा फसाई रकम असुल गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भई काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल रहेका छन्। उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

">