काठमाडौं। आफ्नै कोठामा मृत भेटिएका कलाकार दीपक क्षेत्रीको निधनप्रति चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले दुःख व्यक्त गरेका थिए। भट्टराईले २८ मंसीरमा क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै फेसबुकमा लेखे- ‘दिपकजी तपाईंको आत्माको चिरशान्तिको कामना गर्दछु। हार्दिक श्रद्धाञ्जली!’
भट्टराईलाई के थाहा, त्यसको अर्को दिन शुभचिन्तकहरूले आफूलाई नै श्रद्धाञ्जली दिनेछन् भन्ने ! क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरेको दुई दिन बित्दानबित्दै भट्टराईलाई पनि नियतिले त्यहीं पुर्यायो। हृदयघातका कारण २९ मंसीर राति भट्टराईले ५१ वर्षको उमेरमा मृत्युवरण गरे।
दुई दिनको अन्तरमा नेपाली चलचित्र उद्योगले दुई जना हस्ती गुमायो।
राति आफ्नै घरमा सुतिरहेका कलाकार क्षेत्री बिहान मृत फेला परेका थिए। उनको मृत्युको खास कारण अहिलेसम्म पनि खुल्न सकेको छैन। हृदयघात भएका भट्टराईलाई भने अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।
रंगमञ्चदेखि सिनेमामा भिजेका कलाकार
२०३९ सालदेखि निरन्तर नेपाली चलचित्र तथा रंगमञ्च क्षेत्रमा सक्रिय रहेका क्षेत्री भारतको दार्जिलिङस्थित पाण्डममा जन्मेका हुन्। उनी अर्का चलचित्रकर्मी अशोक शर्मासँगै दार्जिलिङबाट नेपाल आएर रंगकर्मीको भूमिकामा भिजेका थिए। कला र साधनालाई आफ्नो मन मुटुमा राखेर पेशाप्रति इमान्दार भएर अहोरात्र खटिन्थे, क्षेत्री।
क्षेत्रीलाई नजिकबाट चिन्ने कलाकारहरू जीवनमा धन सम्पत्ति नकमाए पनि उनले मानसम्मान भने निकै कमाएको बताउँछन्।
रंगमञ्चमा सक्रिय कलाकार सुनिल पोखरेल, बद्रि अधिकारीको आज बेग्लै उचाई छ। जानकारहरू भने क्षेत्रीको योगदान त्योभन्दा कम नरहेको बताउँछन्। जुन बेला सुमित गुरुङ गीत गाउन भनेर पहिलो पटक नेपाल आएका थिए, उनीसँगै क्षेत्री पनि नेपाल प्रवेश गरेका थिए। कला र कलाकार भन्ने नाटकमा अभिनय गर्न उनी पहिलो पटक नेपाल आएका थिए।
क्षेत्री अहिलेका सक्रिय रंगकर्मी सुनिल पोखरेलका समकालीन हुन्। सुनिल पोखरेलले रंगमञ्चमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार नपाउँदै क्षेत्रीले ‘संयोग’ नाटकबाट सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए।
त्यस्तै, राष्ट्रिय युवा महोत्सवमा पनि उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाए।
उनले ‘विश्वास’ चलचित्रमा सहनायक तथा ‘दिदी’ (२०४८) मा नायकको भूमिका समेत वहन गरेका थिए। त्यस्तै सिमाना, अवतार, जमिन, पृथ्वी, रानीखोला, हतियार लगायत दर्जन बढी फिल्ममा खलनायकको भूमिका वहन गरेका थिए। उनी नेपाली रंगमञ्चमा पढेलेखेका, विश्व सिनेमा र रंगमञ्चबारे राम्रो अध्ययन भएका रंगकर्मीका रूपमा समेत चिनिन्छन्।
कलाकार, निर्माता हुँदै बोर्ड अध्यक्षसम्म
‘कोसेली’ चलचित्रबाट कलाकारिता यात्रा शुरू गरेका भट्टराई चलचित्र निर्देशक, निर्माता हुँदै चलचित्र विकास बोर्डको अध्यक्ष बने।
पहिलो पटक २०४७ सालमा उनी ‘कोसेली’मा सानो भूमिकामा देखापरेका गरेका थिए।
उनले चिनो, दुई थोपा आँशु, दक्षिणा, बलिदान, ठूल्दाई, लक्ष्मणरेखा, आफ्नो मान्छे, सुख दुःख, पाहुना, हामी तीनभाई, मेरो एउटा साथी छ, मसानलगायत चलचित्रमा अभिनय गरेका थिए। उनले ‘आफ्नो मान्छे’बाट पहिलो पटक चलचित्र निर्माणमा समेत हात हालेका थिए। उनले बनाएको पछिल्लो चलचित्र ‘यात्रा’ थियो।
नाै महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न उनी रातदिन खटेका थिए। उनको कार्यकालको सबभन्दा ठूलो सफलता भनेको ‘बक्स अफिस’ प्रणालीलाई देशैभर विस्तार गर्नु हो। त्यस्तै चलचित्रसम्बन्धी नीतिलाई कानूनी स्वरूप दिन विभिन्न सरोकारवाला संघसंस्थासँग सहकार्य गर्दै आईरहेका भट्टराईले त्यसलाई पूर्णता दिन नपाउँदै सदाका लागि विदा भए।
सिने उद्योगलाई क्षति
नेपाली रंगमञ्च तथा सिने उद्योगले दुई दिनको अन्तरमा दुई जना महत्वपूर्ण हस्ती गुमायो। क्षेत्री र भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको चलचित्र निर्देशक प्रकाश सायमी बताउँछन्।
सायमीका भनाईमा उनीहरूको निधनले यो क्षेत्रबाट एउटा इतिहास नै गुमेको छ।
चलचित्र निर्देशक किशोर राना, अभिनेत्री सुभद्रा अधिकारीलाई पनि नेपाली चलचित्र उद्योगले हालसालै गुमाएको हो। कलाकारको अप्रत्याशित निधनप्रति स्वयम् कलाकारहरूले नै चिन्ता व्यक्त गरेका छन्।
सायमी भन्छन्, “यो क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न र टिक्न निकै ठूलो त्याग गर्नुपर्छ। त्यो त्याग यति ठूलो हुन्छ कि अन्ततः जीवन नै गुम्न पुग्छ। त्यहीकारण पनि कलाकारहरूले न्यायोचित पारिश्रमिक तथा सम्मानको आशा गरेका हुन्छन्।”
कलाकारले आफ्नो स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने खाँचो देखिएको सायमी बताउँछन्। “बेला बेलामा स्वास्थ्य परीक्षण गर्ने त छँदैछ, राज्य तथा सरोकारवाला निकायले पनि यसबारे ठोस कार्यक्रम ल्याउनुपर्छ, मुख्य कुरा कलाकार स्वयंलेआफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ”, सायमी भन्छन्।
“कलाकारितामा संर्घष गर्दागर्दै मान्छेले आफूलाई खियाउँछ, जीवन पनि खियाउँछ”, उनी भन्छन्, “त्यतिञ्जेल ऊ आफू भने कमजोर र अस्वस्थ्य भइसकेको हुन्छ।”
" /> काठमाडौं। आफ्नै कोठामा मृत भेटिएका कलाकार दीपक क्षेत्रीको निधनप्रति चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले दुःख व्यक्त गरेका थिए। भट्टराईले २८ मंसीरमा क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै फेसबुकमा लेखे- ‘दिपकजी तपाईंको आत्माको चिरशान्तिको कामना गर्दछु। हार्दिक श्रद्धाञ्जली!’भट्टराईलाई के थाहा, त्यसको अर्को दिन शुभचिन्तकहरूले आफूलाई नै श्रद्धाञ्जली दिनेछन् भन्ने ! क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरेको दुई दिन बित्दानबित्दै भट्टराईलाई पनि नियतिले त्यहीं पुर्यायो। हृदयघातका कारण २९ मंसीर राति भट्टराईले ५१ वर्षको उमेरमा मृत्युवरण गरे।

">