काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने धनकुटा नगरपालिका–६ घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ५८ वर्षीय लाक्पा लामा रहेका छन्।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई नेपाल बैंक लिमिटेड र एनआईसी एसिया बैंकका विभिन्न रकमका चेकहरू काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो।
उनीहरूमध्ये श्रेष्ठलाई उच्च अदालत पाटनले २०७७ माघ ९ गते ४ दिन कैद र २० लाख रूपैयाँ जरिवाना तथा लामालाई उच्च अदालत पाटनले नै २०७७ माघ ५ गते ४ दिन कैद र १० लाख ४५ हजार रूपैयाँ जरिवना ठहर गरेको थियो।
अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि उनीहरू फरार भएका थिए। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुर र लामालाई काठमाडौं बुढानीलकण्ठबाट बिहीबार पक्राउ गरेको हो।
श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर तथा लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।
" /> काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने धनकुटा नगरपालिका–६ घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ५८ वर्षीय लाक्पा लामा रहेका छन्।

">