ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–८ बाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

२२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित २९ मंसीर राति उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका–६ बस्ने २६ वर्षीय पासाङ शेर्पा रहेका छन्।

इटहरीबाट धरानतर्फका लागि छुटेको डब्लुबी ७४ ए एफ ३१४९ भारतीय नम्बरप्लेटको कार चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्