बीबीसी। राष्ट्रपति जो बाइडन अमेरिकी सत्तामा आएपछि अमेरिकाको अलास्कामा पहिलोपटक अमेरिका र चीन उच्च अधिकारीबीच बैठक बसेको छ। उच्च स्तरीय वार्तामा दुवै देशका अधिकारीहरूले एक-अर्काप्रति तिखा प्रहार गरेका थिए।
“सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशबीच यस प्रकारको तिखा प्रहार कमै देख्न पाइन्छ,” अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
बैठकमा दुवै पक्ष आक्रामक रूपमा प्रस्तुत भएका थिए। बैठकमा चीनले ‘अमेरिका अन्य देशलाई चीनमाथि आक्रमण गर्न उक्साइरहेको’ आरोप लगायो। जवाफमा अमेरिकाले ‘सोचविचार नगरी अमेरिका माथि चीनले आरोप लगाएको’ बतायो।
चीन र अमेरिकाबीचको सम्बन्ध अहिले इतिहासमै सबैभन्दा तनावपूर्ण स्थितिमा रहेको छ। पछिल्ला केही वर्षयता दुई देशबीच तनाव बढ्दो छ।
बैठकमा अमेरिकाले चीनसँग हुने वार्ताहरूमा ‘विगर मुसलमानको मुद्दा’ उठाइरहने बताएको थियो। बैठकमा चीन र अमेरिका एक घण्टाभन्दा बढी समय एकअर्कालाई आरोपप्रत्यारोप गर्दै बिताएका थिए।
“यदि अमेरिकाले चीन उसको सामु झुक्छ भन्ने सोचेको थियो भने त्यो भ्रम हो,” बैठकमा चिनियाँ पक्षले भनेको थियो।
क्यामराका अगाडि अमेरिकी विदेशसचिव एन्टनी ब्लिंकेन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र चिनियाँ उच्च कुटनीतिज्ञ याङ जिइची र विदेशमन्त्री वाङ यी एकअर्कामा खनिएका थिए।
वार्ताको सुरुवातमै अमेरिकी विदेशसचिव ब्लिंकेनले भने, “अमेरिका शिनजियाङ्ग, हङकङ, ताइवान, अमेरिकामाथि भएका साइबर हमला र हाम्रा सहयोगीमाथि दिइएको आर्थिक दबाबमाथि गहिरो चिन्ता व्यक्त गर्दछ र यी मुद्दामाथिको छलफल जारी राख्छ। किनकि विश्व स्थिरताको लागि यी कुरामा छलफल गर्न जरुरी छ।”
यसको जवाफ दिन तम्सिए चिनियाँ उच्च कूटनीतिज्ञ याङ्, भने– “अमेरिका आफ्नो सैन्य शक्ति र आर्थिक वर्चस्वको गलत प्रयोग गरी अन्य देशमाथि हैकम जमाउँछ र दबाब दिने कोशिश गर्छ।”
“अमेरिका सामान्य व्यापार आदान–प्रदानमा बाधा राख्न र चीनमाथि हमाल गर्नको लागि केही देशलाई उक्साउन राष्ट्रिय सुरक्षाको तथाकथित अवधारणाको दुरुपयोग गर्छ,” याङले भने।
सधै चीनमा हुने मानवअधिकार हनन्का घटना उठाउँदै आएको अमेरिकामाथि यसपटक चीनले सोही मुद्दा उठायो। चिनियाँ अधिकारीले बैठकमा अमेरिकाले मानवअधिकार हनन् गरेको बताए। अमेरिकामा अश्वेत नागरिक (काला अमेरिकी)माथि अन्याय भइरहेको चीनले बतायो। “अमेरिकामा मानवअधिकारको अवस्था सबैभन्दा तल्लो स्तरमा छ,” चिनियाँ उच्च कूटनीतिज्ञ याङले भने।
त्यसपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान चीनमाथि घोचपेच गर्न उत्रिए। उनले भने, “अमेरिका चीनसँग कुनै झगडा चाहँदैन तर हामी हाम्रा सहयोगी, सिद्धान्त र मित्रहरूको साथमा खडा छौं र रहनेछौं।”
चीन र अमेरिकी उच्च अधिकारीबीच भएको यो घोचपेचलाई संसारभरका टेलिभिजनले खिचिरहेका थिए।
अमेरिकी अधिकारीहरूले वार्तामा चीनमाथि प्रोटोकलको उल्लंघन गरेको आरोप लगाए। बहस सुरु भएपछि दुवै पक्षलाई आफ्नो कुरा राख्न दुई मिनेटको समय दिइएको थियो। तर चिनियाँ अधिकारीहरूले बीचमै कुरा काटेकोमा अमेरिकी पक्षले आपत्ति जनाएको थियो।
“वार्ता हेर्दा यस्तो लाग्थ्यो– चिनियाँ अधिकारीहरू तमाशा देखाउनै यहाँ आएका हुन्। उनीहरूले मुद्दामा छलफल नगरी नाटकीयपनको सहारा लिए,” एक वरिष्ठ अमेरिकी अधिकारीले भने, “अमेरिका यस छलफललाई जारी राख्छ।”
चिनियाँ पक्षले भने अमेरिकाले प्रोटोकलको उल्लंघन गरेको आरोप लगायो। एक चिनियाँ सरकारी मिडियासँग कुराकानी गर्दै वार्ता सहभागी चिनियाँ अधिकारीले भने– “चीनले होइन, अमेरिकाले प्रोटोकलको उल्लंघन गरेको छ किनकि सुरुमै आफ्नो कुरा राख्ने जुन समय तय गरिएको थियो, सोभन्दा बढी समय उनीहरूले बोलिरहे।”
वार्तामा चिनियाँ पक्षले चीनको घरेलु तथा विदेश नीतिमा बिना आधार अमेरिकाले हमला गरिरहेको आरोप लगाए। उनीहरूले चीन–अमेरिका सम्बन्ध जुन तिक्ततापूर्ण अवस्था पुगेको छ, अब यसलाई थप बिग्रन दिन नहुने बताए।
बाइडेन प्रशासनले चीनसँग अमेरिकाको सम्बन्ध सुधार्नका लागि भएको यस प्रयासलाई ‘२१औं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक परीक्षण’ बताएको छ। चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँग रचनात्मक संवाद अघि बढाउन चीन तयार रहेको बताए।
" /> बीबीसी। राष्ट्रपति जो बाइडन अमेरिकी सत्तामा आएपछि अमेरिकाको अलास्कामा पहिलोपटक अमेरिका र चीन उच्च अधिकारीबीच बैठक बसेको छ। उच्च स्तरीय वार्तामा दुवै देशका अधिकारीहरूले एक-अर्काप्रति तिखा प्रहार गरेका थिए।“सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशबीच यस प्रकारको तिखा प्रहार कमै देख्न पाइन्छ,” अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

">