डलर साटिदिने भन्दै १२ लाख ठगी

काठमाडौं। डलर साट्ने प्रलोभन देखाएर काठमाडौं बौद्ध बस्ने एक युवकबाट १२ लाख रूपैयाँ ठगी गरिएको छ।

डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट उक्त रकम ठगी भएको हो।

अपरिचित व्यक्तिहरूले डलर साटिदिन्छु भनी प्रलोभनमा पारी गुरुङलाई महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बोलाएर रूपैयाँ जस्तै देखिने कागजको बिटो देखाएर उनको साथमा रहेको नगद लिएर फरार रहेको बताइएको छ।

फरार व्यक्तिहरूको खोजी भइरहेको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्