दार्चुला। दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकाभित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ। लगातार दुई दिन भएको हिमपातका कारण २९ मंसीरदेखिदेखि शुरू भएको परीक्षा रोकिएको हो।
गाउँपालिकाभरिका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो। गाउँपालिकाभरि एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए।
सो अपि हिमाल–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ। रोकिएका विद्यालयहरूमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ।
सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिंह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिए। गाईवस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ।
चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायव सुब्बा लक्ष्मणसिंह धामीले बताए। आगो तापेर बस्नुबाहेक विकल्प नभएको धामीको भनाइ छ।
यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन्। रासस
" /> दार्चुला। दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकाभित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ। लगातार दुई दिन भएको हिमपातका कारण २९ मंसीरदेखिदेखि शुरू भएको परीक्षा रोकिएको हो।गाउँपालिकाभरिका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो। गाउँपालिकाभरि एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए।

">