काठमाडौं। चीनले आफ्नो देशमाथि घेराबन्दी गर्ने तयारी गरेको आशंका ताइवानले गरेको छ। यसका निम्ति चीनले लामो दूरीसम्म हान्न सक्ने मिसाइल तैनाथ गरेको र कुनै पनि देशका सेनाले त्यसलाई परास्त गर्न कठिन हुने ताइवानको भनाइ छ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार, चीनले मनोवैज्ञानिक युद्ध चलाइरहेको र यसबाट मानिसहरुमा ताइवानी सेनाप्रतिको विश्वास कम हुँदै जानेछ। प्रत्येक चार वर्षमा हुने समीक्षामा ताइवानको रक्षा मन्त्रालयले चेतावनी दिँदै चीनले ‘गे्र जोन वारफेयर’ रणनीति अपनाएको बताइएको छ। यसबाट ताइपेइ आफ्नो मुठ्ठीमा लिन सकिने चीनको विश्वास रहेको छ।
चीनले ताइवान स्ट्रेटमा युद्धाभ्यास गरेर तथा हवाई क्षेत्रको उल्लंघनमार्फत् ताइवानलाई झुकाउन खोजिरहेको समीक्षा गरिएको छ। ताइवानको रक्षा मन्त्रालयले भनेको छ– ‘चीन लगातार आफ्ना सेनालाई आधुनिक बनाइरहेको छ र युद्धका निम्ति क्षमता अभिवृद्धि गरिरहेको छ।’
चिनियाँ रक्षा मन्त्रालयले भने ताइवानको टिप्पणीको कुनै जवाफ दिएको छैन। चीनलाई लाग्छ– ताइवान उसको क्षेत्र हो। त्यहाँ उसले सैनिक गतिविधि विगत केही महिनादेखि बढाउन थालेको छ।
उता, ताइवानलाई मद्दत गरेको भन्दै चीन अमेरिकासँग रुष्ठ भएको छ। पछिल्लो समय चीनले आफ्नो देशमा सैनिक वृद्धि, मिसाइल निर्माणजस्ता गतिविधि तीव्र बनाएको छ।
ताइवानका अनुसार, चीनले ताइवानका क्षेत्रहरु कब्जामा लिन उस्तै स्थान निर्माण गरेर सैनिकलाई तालिम दिइरहेको छ। यसले चीन ताइवान कब्जा गर्न अघि सरेको अर्थमा बुझ्न सकिने कतिपयको भनाइ छ। चीनले ताइवानका प्रमुख बन्दरगाहहरु बन्द गरिदिन सक्ने आशंका पनि गरिएको छ। (एजेन्सी)