काठमाडौं। शहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारलाई खेल सामग्री उत्पादक एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सहप्रायोजन गरेको छ।
थ्री स्टार र रूट्स फेसनले आज एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे। थ्री स्टारका तर्फबाट अध्यक्ष अरुणमान जोशी तथा रुट्स फेसनका तर्फबाट प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सहप्रायोजन सम्झौताअनुसार रुट्स फेसनले थ्री स्टारलाई २५ लाख रूपैयाँभन्दा बढीको खेल सामग्री उपलब्ध गराउनेछ।
रुट्स फेसनले यसअघि पनि थ्री स्टारलाई सहप्रायोजन गरेको थियो। रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले क्लबसँगको पुरानो सम्बन्धका कारण यो सहकार्य गरेको बताए।
“‘सबभन्दा पहिला थ्री स्टारलाई हामीले सहयोग गरेको हो। फेरि सहप्रायोजकका रूपमा फर्किन पाउँदा खुसी लागेको छ,” प्रबन्ध निर्देशक तुलाधरले भने, “भविष्यमा पनि थ्री स्टारसँगको सहकार्यलाई हामी निरन्तरता दिनेछौं। नयाँ सिजनका लागि क्लबलाई शुभकामना।”
थ्री स्टारले ३ पुसमा नयाँ सिजनको पहिलो खेल ललितपुर डर्बीमा जावलाखेल युथ क्लबविरूद्द खेल्दैछ। थ्री स्टारले यसअघि २०५४, २०६१ र २०६९ मा गरी तीन पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। त्यस्तै थ्री स्टारले २०७२ मा राष्ट्रिय लिगको पनि उपाधि जितेको थियो।
क्लबका अध्यक्ष जोशीले सहप्रायोजकका रूपमा फर्किएको रुट्स फेसन प्रालिलाई धन्यवाद दिए। अध्यक्ष जोशीले सुखद् नतिजा निकाल्दै प्रायोजकहरूलाई निराश नपार्ने आश्वासन दिए।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले टीममाथि गरेको विश्वासको फल मैदानमा नतिजा निकालेर दिने बताए। “हामी खेलाडी र प्रशिक्षकले देखाउने मैदानमा हो। तपाईंहरूले जति हौसला दिनुहुन्छ, हाम्रो प्रदर्शनमा त्यति नै निखार आउँछ”, प्रशिक्षक केसीले भने।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको व्यावसायीकीकरणमा प्रायोजकको भूमिका महत्त्वपूर्ण हुने बताए।
“क्लबहरू बलियो भयो भने मात्र लिग बलियो हुन्छ। लिग बलियो भयो भने नेपाली फुटबलको स्तर पनि माथि उठ्छ”, अध्यक्ष शेर्पाले भने, “हामीले दोस्रो वर्ष लगातार लिग गर्न लागेका छौं। अब आगामी वर्षहरूमा लिगको अवधि बढाएर ६ वा ८ महीना लामो बनाउने योजनामा छौं।
" /> काठमाडौं। शहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारलाई खेल सामग्री उत्पादक एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सहप्रायोजन गरेको छ।थ्री स्टार र रूट्स फेसनले आज एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे। थ्री स्टारका तर्फबाट अध्यक्ष अरुणमान जोशी तथा रुट्स फेसनका तर्फबाट प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

">