बढ्दाे सवारी दुर्घटनाः उच्चस्तरीय कमिटी गठन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन चाँडै स्थायी प्रकृतिको उच्चस्तरीय कमिटी गठन गर्न निर्देशन दिएका छन्।

२९ मंसीरमा सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि आज प्रधानमन्त्री ओलीले यातायात व्यवस्था विभागलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्।
उनले सवारी दुर्घटना न्यूनीकरणका लागि गम्भीर ढंगले लाग्नसमेत निर्देशन दिए। प्रधानमन्त्री ओलीले सवारी दुर्घटना बढ्नुको कारण र सडकको अवस्थाबारे पनि जानकारी लिएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले देखापढीसँग भने, “प्रधानमन्त्रीज्यूले हामीलाई बोलाएर सडकको अवस्था र दुर्घटनाबारे चासो व्यक्त गर्नुभयो। उहाँले सवारी दुर्घटनामा कसैले ज्यान गुमाउन नपर्ने गरी उपाय अवलम्बन गर्नुस् भनेर निर्देशन दिनुभयो।”

प्रधानमन्त्रीको निर्देशनपछि हमालले अब रणनीतिकरूपमा अगाडि बढ्ने बताएका छन्।

मंसीर महीनामै बागलुङमा आठ, गुल्मीमा १५, सुनसरीमा पाँच र सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्