काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)का स्थायी समिति सदस्यहरूले सिंगो पार्टीलाई कसरी एकढिक्का बनाउने भन्ने चिन्ता व्यक्त गरेका छन्।
नेकपा स्थायी समिति बैठकको दोस्रो दिन आज बोल्ने सदस्यहरूले पार्टीभित्र गुट, उपगुट मौलाउँदै गएको तथा अनुशासनहिनता बढेको बताउँदै गुटबन्दीलाई नियन्त्रण र निरुत्साहित गर्न नेतृत्वको ध्यानाकर्षण पनि गरे।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बोल्ने सदस्यहरूले पार्टीभित्रको विकृति र भ्रष्टिकरणलाई कसरी कम सकिन्छ भन्ने विषयमा पनि विचार राखेका बताए।
“संगठन निर्माणको प्रक्रियालाई अझ सुदृढ रूपमा कसरी अगाडि बढाउने, विधि र पद्धतिको पालना जोडदार रूपले कसरी गराउने, पार्टीमा विकृति, विसंगति र भ्रष्टिकरणको प्रक्रियालाई कसरी कम गर्ने भन्ने विषयमा सदस्यहरूले कुरा राख्नुभयो”, श्रेष्ठले भने, “पार्टीलाई एकीकृत र शक्तिशाली पार्टी कसरी बनाउने, त्यसको निम्ति सिंगो पार्टी एकढिको कसरी बनाउने र गुटबन्दीलाई कसरी निरुत्साहित र नियन्त्रण गर्ने भन्ने विषयमा सबैले ध्यानाकर्षण गराउनुभयो।”
आजको बैठकमा बोल्ने हरेक सदस्यलाई २० मिनेटको समय दिइएको थियो। श्रेष्ठका अनुसार आज बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा, गणेश शाह, योगेश भट्टराई, पम्फा भुसाल, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, देवेन्द्र पौडेल र देव गुरुङले बोलेका थिए।
नेकपा अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सदस्यहरूले धारणा राखे। प्रतिवदेनका विषयमा उनीहरूले आलोचनात्मक सुझाव दिएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।
“मुलभूत रूपमा प्रतिवेदनमा सबैले समर्थन गर्दै परिमार्जन गर्ने सन्दर्भमा आ-आफ्ना विचारहरू सुझावका रूपमा, आलोचनात्मक टिप्पणीका रूपमा प्रस्तुत गर्नुभएको छ”, श्रेष्ठले भने।
स्थायी समिति सदस्यहरूको बोल्ने पालो नसकिएपछि बैठक भोलि बस्नेगरी आजलाई सकिएको छ। नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठक भोलि, १ पुसमा ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ। बाँकी सदस्यले भोलि बोल्नेछन्। नेकपाको स्थायी समिति ४५ सदस्यीय छ।