सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ
<p>कैलाली । सवारी ज्यान मुद्दामा फरार चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । </p>
<p>पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको प्रहरीले जनाएको छ । </p>
<p>३० फागुन, २०५९ मा स्वारले चलाएको से१त ११४१ नम्बरको ट्र्याक्टरले च्याप्दा सोही ठाउँका धनिराम डगौराको मृत्यु भएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्