आतंकवादविरुद्ध चीन, भारत र पाकिस्तान एकजुट
<p>काठमाडौं। चीन, भारत र पाकिस्तानसमेत सांघाई सहयोग संगठन(एससीओ)का अन्य सदस्य देशले यो वर्ष संयुक्त रुपमा आतंकवादविरोधी अभ्यास गर्ने भएका छन्। </p>
<p>आठ सदस्यीय एससीओले उज्बेकिस्तानको तासकन्दमा मार्च १८ मा क्षेत्रीय आतंकवाद नियन्त्रण परिषद्को ३६औं बैठकमा संयुक्त अभ्यास ‘पब्बी–एन्टी टेरर–२०२१’ गर्ने निर्णय गरेको हो।</p>
<p>विश्वमा बढ्दै गएको आतंकवाद, विखण्डनवाद र उग्रवादविरुद्ध उक्त संस्थाले सहयोग वृद्धिको काम गर्दै आएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्