सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
<p>कैलाली । सवारी ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वार रहेका छन्। उनलाई शनिबार पक्राउ गरिएको हो। </p>
<p>२०५९ फागुन ३० गते से.१ त ११४१ नम्बरको ट्याक्टरले च्यापिएर जोशीपुर गाउँपालिक–६ लोखरी बस्ने धनिराम डगौराको मृत्यु भएको थियो।</p>
<p>उक्त घटनामा संलग्न रहेका उनी त्यसपछि फरार रहेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्