म्यानमारमा पक्राउ परेका बीबीसी पत्रकार रिहा
<p>काठमाडौं। म्यानमारमा मार्च १९ मा पक्राउ परेका बीबीसी पत्रकार आङ थुर एक दिनपछि रिहा भएका छन्। </p>
<p>उनलाई सादा पोशाकका प्रहरीले राजधानी नेपिडबाट गिरफ्तार गरेका थिए।</p>
<p>निर्वाचित सरकार हटाएर सैनिकले फेबु्रअरी १ मा ‘कु’ गरेपछि ४० जना पत्रकार पक्राउ परिसकेका छन्। </p>
<p>सैनिक सरकारले त्यहाँका पाँचवटा मिडियाको अनुमतिपत्र खारेज गर्नुका साथै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका डेढ सयजनाको मृत्यु भइसकेको छ।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्