आयोगमा सिफारिस गरिएका पदाधिकारीको नाम फिर्ता नलेऊ : कांग्रेस
<p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षक सेवा आयोगमा रिक्त रहेको पदमा सिफारिस गरिएका व्यक्तिको नाम नफेर्न सरकारलाई चेतावनी दिएको छ। </p>
<p style="text-align: justify;">छनोट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यमा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नाम सिफारिस गरेको थियो।</p>
<p style="text-align: justify;">विभागले आज एक विज्ञप्ति जारी गर्दै सिफारिस गरिएका व्यक्ति नाम फिर्ता लिन सरकारले दवाब दिएको आरोप लगाएको छ। </p>