सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्था नविकरण नहुने

काठमाडौं। सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थाको वार्षिक नविकरण नहुने भएको छ।

दोहोरो कर तिर्नुपर्ने र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा आवद्ध हुन नमानेपछि सरकारले यस्ता संस्थालाई नविकरण नगर्ने कानूनी व्यवस्था गर्न लागेको हो।

नेपाल वित्तीय संस्था कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनाल भने दोहोरो कर बुझाउनुपर्ने, उपदान तथा पेन्सन सुविधा लिन ६० वर्ष कुर्नुपर्ने तथा एकमुष्ठ पेन्सन नपाइने भएकाले सामाजिक सुरक्षा कर्मचारीको हितमा नभएको बताउँछन्।

उनले पछिल्लो समय राष्ट्र बैंकले समेत बैंकहरूलाई निर्देशन दिएको भन्दै आपत्ति जनाए।

सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको एक पुरा भइसकेको छ। आजसम्म सामाजिक सुरक्षा कोषमा करीब १२ हजार रोजगारदाता र एक लाख ३२ हजार बढी योगदानकर्ता आवद्ध भएका छन।

कोषले २७ करोड ३५ लाख रूपैयाँ बराबरको रकम संकलन गरेको छ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सबै सुविधा एकै ठाउँबाट हुने र सरकारको अभियान नै भएकाले यसमा अनिवार्य दर्ता हुनुपर्ने बताए। उनले कुनैपनि संस्था, कम्पनी, उद्योग तथा प्रतिष्ठान नविकरण हुँदा अनिवार्य कोषमा आवद्ध भएको हुनुपर्ने कानूनी व्यवस्था गरी अगाडी बढ्न सकिने बताए।

सरकार जसरी पनि सबै पक्षलाई कोषमा आवद्ध गराउने रणनीतिमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्