१५ केजी गाँजासहित तीनजना पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगंजबाट १५ केजी अवैध लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा सोही नगरपालिका-१४ बस्ने ४१ वर्षीय पाल्साङ पाख्रीन समेत तीनजना रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको हो।</p>
<p style="text-align: justify;">ज.१ ह ४६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा रहेको जेब्रा झोलाभित्र गाँजा फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। </p>