कास्की। कास्की–२ बाट निर्वाचित सांसद विद्या भट्टराईले १ पुसमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन्। शपथ ग्रहण दिउँसो १ बजे हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
उनले भने, “१ पुस दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङफेले शपथ गराउने कार्यक्रम छ।” भट्टराई १४ मंसीरमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
उपसभामुखले सभामुख नभएकाे अवस्थामा निर्वाचित प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन मिल्ने कि नमिल्ने भन्नेमा अन्याैल थियाे। सभामुख नभएकाे अवस्थामा उपसभामुखले बैठककाे अध्यक्षता गर्ने सम्बन्धमा भएकाे संवैधानिक व्यवस्थाबमाेजिम उपसभामुख तुम्बाहाङफेले शपथ गराउन लागेकाे प्रवक्ता पाण्डे बताए।
स्राेतका अनुसार साे विषयमा तुम्बाहाङफेले विभिन्न कानूनविद्हरूसँग छलफल गरेकी थिइन्। उनीहरूले कानूनबमाेजिम शपथ गराउन सक्ने सल्लाह दिएका थिए।
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि १४ असोजमा राजीनामा दिएका थिए। त्यसयता संसद सभामुखविहीन छ।
पढ्नुहाेस्
सभामुख नहुँदा भएन विद्या भट्टराईको शपथ
" /> कास्की। कास्की–२ बाट निर्वाचित सांसद विद्या भट्टराईले १ पुसमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन्। शपथ ग्रहण दिउँसो १ बजे हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।उनले भने, “१ पुस दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङफेले शपथ गराउने कार्यक्रम छ।” भट्टराई १४ मंसीरमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

">